टाटाले ल्यायो अर्को इलेक्ट्रीक कार ‘एक्सप्रेस-टी’

काठमाडौं । टाटा मोटर्स इन्डियाले नयाँ नाममा इलेक्ट्रीक सेडान कार बजारमा ल्याएको छ । यसअघि टिगोर इभीको नामबाट बजारमा विक्री भइरहेको गाडीको फेसलिफ्ट मोडललाई ‘एक्सप्रेस-टी’ नाम दिएर बजारमा ल्याएको हो ।

कम्पनीले नयाँ कार ‘एक्सप्रेस-टी’ मा टिगोर इभीको तुलनामा थुप्रै परिमार्जन गरेको छ । नयाँ मोडलको रेञ्ज, व्याट्री साइज र अगाडिको ग्रिलमा ठूलो परिमार्जन पाउन सकिन्छ ।

‘एक्सप्रेस-टी’मा ट्राइएरो प्याटर्नसहितको नयाँ ग्रिल यसको अगाडिको भागमा भएको सबैभन्दा ठूलो परिमार्जन हो । यसअघि टिगोर इभीमा १६.२ किलोवाट आवरको व्याट्री प्याक रहेको थियो । तर नयाँ मोडलमा २१.५ किलोवाट आवरको व्याट्री दिइएको छ ।

यसमा कम्पनीले मोटर समेत परिमार्जन गरेको छ । नयाँ मोटरले ४१ हर्स पावर र १०५ एनएम टर्क प्रदान गर्छ । एआरएआईले यसको रेञ्ज एक पटकको फुल चार्जमा २१३ किलोमिटर प्रमाणित गरेको छ । तर, कम्पनीले भने १६५ किलोमिटर रेञ्ज प्रदान गर्ने दाबी गरेको छ । यसको उच्चगति क्षमता ८० किलोमिटर प्रतिघन्टा रहेको छ ।

घरायसी विजुलीबाट व्याट्री फुलचार्ज गर्न भने ८ घन्टा लाग्ने जनाइएको छ । तर, फास्ट चार्जरबाट सून्यदेखि ८० प्रतिशत चार्ज गर्न १ घन्टा ३० मिनेट लाग्ने छ ।

यसमा एयरव्याग, एबीएस, रियर पार्किङ सेन्सर, एलइडी टेल ल्याम्प, १४ इन्चको अलोय ह्वील, अटो क्लाइमेट कन्ट्रोल, हर्मनको साउन्ड सिस्टम, तीन प्रकारको ड्राइभिङ मोड, पावर विन्डो, पावर विङ मिरर, रमोट लक जस्ता फिचर उपलब्ध रहेको छ ।


Back_to_top