रेनो किगर परिक्षण हुँदै, दुई महिनापछि बजारमा आउन सक्ने

रेनोले भारतीय बजारलाई मध्यनजर गर्दै ल्याउन लागेको सवफोर मिटर एसयूभी किगरको विभिन्न चरणमा परिक्षण भइरहेको तस्विरहरु बाहिर आएका छन् । कम्पनीले यसलाई रेनो क्विडको प्ल्याटफर्म सिएमएफ-ए मा बनाउन लागेको हो ।

रेनोले आफ्नो नयाँ एमपीभी ट्राइबर पनि यही प्ल्याटफर्ममा तयार गरेको थियो । रेनोले नयाँ एसयूभी आगामी अक्टोबरसम्ममा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

होरिजेन्टल ट्वीन ग्रिलको साथ आउने किगरमा थ्रि प्वइन्ट हेडल्याम्प, डेटाइम रनिङ लाइट, सार्क फिन एन्टिना, सिल्भर रुफरेल जस्ता फिचर उपलब्ध रहने छन् ।

नयाँ एसयूभीको इन्टेरियरमा निकै नयाँ र आधुनिक फिचर उपलब्ध रहने अनुमान गरिएको छ । यसमा मल्टी फङ्सनल स्टेरिङ ह्वील, टचस्कृन इफोटेन्टमेन्ट सिस्टम, एन्ड्रोइड अटो, माइक्रोलिङक, एप्पल कारप्ले कनेक्टीभीटी दिइने छ ।

सुरक्षाको हिसावले पनि यो एसयूभी निकै उत्कृष्ट हुने अनुमान गरिएको छ । यसमा एयरव्याग, एबीएस, इबीडी, हाई स्पीड अलर्ट, सिटबेल्ट रिमाइन्डर, रिर्भस पार्किङ सेन्सर स्टायडर्ड भेरियन्टमा नै उपलब्ध रहने छ ।

कम्पनीले यसमा १.० लिटर पेट्रोल इन्जिन र १.० लिटर टर्बो पेट्रोल इन्जिन दिने छ । साथै ५ स्पीड म्यानुयल र अटोमेटीक दुबै गियरबक्स अप्सन उपलब्ध हुने छ ।


Back_to_top