रेनो क्वीडमा थपियो नयाँ भेरियन्ट

काठमाडौं । रेनोले क्वीड ह्याचव्याकको २०२२ मोडल सार्वजनिक गरेको छ । कम्पनीले २०२२ मोडलमा नयाँ भेरियन्ट ‘आरएक्सएल अप्सनल’ भेरियन्ट थप गरेको हो ।

सामान्य परिमार्जन बाहेक क्वीडमा अन्य मुख्य परिमार्जन गरिएको छैन । कम्पनीले यसको इन्टेरियरमा पनि हल्का परिमार्जन गरेको छ । क्लाइम्बर भेरियन्टमा भने नयाँ कलरसहित ड्यूल टोन फ्लेक्स ह्वील दिएको छ ।

कम्पनीले २०२२ मोडलमा दुई नयाँ कलर अप्सन पनि थप गरेको छ । जसमा मेटल मस्टर्ड र कालो छातसहितको आइस कुल ह्वाइट तथा मुनलाइट सिल्भर र जानस्कर ब्लू कलर थप भएको छ ।

आरएक्सटी भेरियन्टभन्दा तल राखिएको आरएक्सएल (ओ) भेरियन्टमा दुई एयरव्याग, एबीएस, इबीडी, सिटबेल्ट रिमाइन्डर, हाइ स्पीड वार्निङ, रिभर्स पार्किङ सेन्सर, इनब्यूल्ट इन्फोटेन्टमेन्ट सिस्टम जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top