काठमाडौं । नेपाली बजारमा विभिन्न ब्रान्डका कमर्सियल तथा प्यासेन्जर सवारी बिक्री गर्दै आइरहेको एमएडब्लू वृद्धिले ओमेगा सिक्की मोबिलिटी (ओएसएम)का विद्युतीय सवारी साधन नेपाली बजारमा ल्याउने भएको छ । त्यसका लागि ओएसएम र एमएडब्लू वृद्धि कमर्शियल भेहिकलबीच आधिकारिक बिक्रेताको सम्झौता भएको हो।
दुई कम्पनीबीच केही दिनअघि साझेदारी भएसँगै अबको केही समय भित्रै ओएसएमका तीन पांग्रे विद्युतीय सवारी नेपाल आउने छन् ।
वातावरण सुरक्षामा आफुहरु प्रतिबद्ध रहेको र वातावारण र नेपाललाई सुहाउदो सवारी भित्र्याउन लागेको कम्पनीले जानकारी दिएको छ । पहिलो चरणमा एमएडब्लू वृद्धिले थ्री व्हिलर सवारी साधन मात्रै ल्याउने छ ।
त्यसपछि क्रमिकरुपमा ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारी नेपाल ल्याउने कम्पनीले योजना बनाएको छ । ओएसएम समूह पछिल्लो ५ वर्ष अटोमोटिभ, पूर्वाधार र उच्च प्रविधिको डिजाइन र विकासमा सक्रिय कम्पनी हो ।


