जोङसेनले ल्यायो २५० सीसी डबल स्पार्टोस मोटरसाइकल, यस्ता छन् फिचर

काठमाडौं । जोङसेन मोटरसाइकलले २५० एक्स ‘डेजर्ट फ्लाइङ फक्स’ सार्वजनिक गरेको छ । जोङसेनले डबल स्पोर्टस मोटरसाइकल २५० एक्स चिनियाँ मार्केटमा सार्वजनिक गरेको हो ।

जोङसेन मोटरसाइकल नेपाली बजारमा समेत उपलब्ध रहेको छ । जोङसेन ब्राण्डका मोटरसाइकल रिजोन मोटर्सले नेपालमा भित्र्याएको हो ।

जोङसेनले २५० एक्स दुई कलरमा बजारमा ल्याएको छ । भिटालिटी ओरेन्ज र यूथ ग्रीन कलरमा सार्वजनिक गरेको मोटरसाइकलको मूल्य १२ हजार ९८० युयान (करिब २ लाख ५१ हजार रुपैयाँ) निर्धारण गरेको छ ।

कम्पनीले यसलाई एड्भेन्चर लुक दिनका लागि अगाडि ठूलो ‘नच’ दिएको छ भने फ्रन्टमा एलईडी हेडलाइटका साथै डीआरएल दिएको छ । २५० एक्समा १२ लिटरको फ्युल ट्याङक, सिंगल पिस सिट, अप स्वप्ट एक्जष्ट पाउन सकिन्छ । यसमा अल एलईडी लाइट, डिजिटल क्लस्टर, गियर पोजिशन इन्डिकेटर जस्ता फिचर पाउन सकिन्छ ।

जोङसेन २५० एक्समा २४९ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यसले १९ पीएस पावर तथा १८ एनएम टर्क जेनेरेट गर्छ ।

यसको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा मोनोशक सस्पेन्सन उपलब्ध छ । कम्पनीले यसको दुवैतर्फ डिस्क ब्रेक दिएको छ भने डबल च्यानल एबीएस दिएको छ ।

 


Back_to_top