चर्चा बटुल्दै क्वीड ईभी, नेपालमा पनि परीक्षण सकियो

काठमाडौं । रेनो क्वीड ईभी पछिल्लो समय बजेट कार बिक्री हुने बजारमा चर्चा कमाइरहेको छ । युरोपियन ब्राण्डमा आएको निकै सस्तो ईभी भएकै कारण यसले चर्चा कमाएको हो ।

रेनोले युरोपमा डासिया ब्राण्डमा बिक्री गर्दै आएको ईभी ब्राजिलमा क्वीड ईभीको रुपमा बिक्री सुरु भएको छ । रेनोको लोगोमा उपलब्ध क्वीड ईभी चीनमा उत्पादन हुन्छ ।

नेपाली बजारमा पनि विभिन्न चरणको परीक्षण सकिएको भएपनि यसको आधिकारीक बिक्री सुरु हुने मिति बाहिर आएको छैन । एड्भान्स अटोमोबाइलले यसको नेपालमा परीक्षण गरेको थियो ।

क्लोज अफ ग्रिल, वाइ आकारमा दिइएको एलइडी डे टाइम रनिङ लाइट, पछाडिको टेल लाइट पनि वाइ आकारमा नै रहेको छ । बडी डिजाइन ठ्याक्कै क्वीड पेट्रोलकै जस्तो लाग्छ । १४ इन्चको पृथक ह्वील र नयाँ डिजाइनको ह्वील आर्कले यसलाई विकल्कुलै नयाँ मोडलको सेप दिएको छ ।

फ्लीपअप स्टाइल डोर ह्याण्डल, ठूलो स्टेरिङ ह्वील, थुप्रै फिजिकल बटमहरुको प्रयोग भएको ह्याचव्याक कारमा फेब्रिक सिट प्रयोग भएको छ । यसमा अटोमेटीक क्लाइमेट कन्ट्रोल, एडास लेभल वान फिचर उपलब्ध छ ।

सानो ह्याचव्याक कारमा ४० किलोवाटको इलेक्ट्रीक मोटर र २६.८ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसको रेन्ज २५० किलोमिटर आसपास आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top