ग्राहकको रोजाइमा पर्दै जिली ईएक्स फाइभ, बिदाको दिनमा पनि शोरुम खुल्ने

काठमाडौं । गत भदौमा मात्रै नेपाली बजारमा प्रवेश जिली ईएक्स फाइभ ईभी ग्राहकको रोजाइमा पर्दै गएको छ ।

नेपालमा सार्वजनिक भएको केवल दुई महिनामै जिली ईएक्स फाइभ म्याक्स र ईएक्स फाइभ प्रोको टेस्ट ड्राइभ, बुकिङ र खरिदमा उल्लेखनीय वृद्धि भएको हो ।

यद्यपि, हालसम्म कति संख्यामा बुकिङ र बिक्री भयो भन्ने चाहिँ खुलाएको छैन ।

जिलीका ईभी हेर्न, टेष्ट ड्राइभ गर्न र बुकिङ गर्न पोखरा, विराटनगरदेखि ग्राहक आएको कम्पनीले जनाएको छ । ग्राहकबाट जिलीका ईभी बारे राम्रो प्रतिक्रिया पाइरहेको एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले बताए । उनले हाल फोन र सामाजिक सञ्जालमार्फत युवा, व्यवसायी, पेशाकर्मी र ईभी पारखीहरूबाट अत्यधिक सोधपुछ र रुचि देखाएको उनले बताए ।

‘हामीले सोचेभन्दा निकै राम्रो प्रतिक्रिया पाएका छौं । शोरूम बाहिर लाइन लागेका दृश्यहरू, रेकर्ड संख्यामा टेस्ट ड्राइभ दर्ता यी सबैले देखाउँछ कि नेपालीहरू जिलीको ‘स्मार्ट र दिगो मोबिलिटी’ को दृष्टिकोणसँग गहिरो रूपमा जोडिएका छन्,’ उनले भने ।

उनका अनुसार, टेस्ट ड्राइभमा सहभागी ग्राहकहरूले ईएक्स फाइभ को स्मूथ परफर्मेन्स, र भविष्यकेन्द्रित डिजाइनको प्रशंसा गर्दै यसलाई ‘नेपालले कुरिरहेको ईभी’ को संज्ञा दिएका छन् ।

‘जिली ईएक्स फाइभ प्रगतिशील सोच र आत्मविश्वासको प्रतीक हो,’ एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीले भने, ‘हामीले पाएको जिली ईएक्स फाइभ प्रतिको उत्साह र स्विकार्यताले नेपाली उपभोक्ताहरुले उनीहरू जिली ग्रुपको गौरवपूर्ण इतिहाससँगै परिवर्तनको नेतृत्व गर्न उत्साहित रहेको देखाएको छ।’

उच्च मागका कारण, एलआरआर मोटर्सले शोरूम समय विस्तार र थप टेस्ट ड्राइभको समय समेत बढाएको छ । गैरीधारास्थित शोरूम बिहान ९ बजेदेखि साँझ ८ बजेसम्म खुला रहने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । साथै, शनिबार र सार्वजनिक बिदामा पनि खुला रहेको बताइएको छ।

एलआरआर मोटर्सले आफ्ना ग्राहकहरूका लागि विशेष फेस्टिभ अफरहरू घोषणा गरेको छ। अफर अन्तर्गत नयाँ खरिदकर्ताहरूले आकर्षक नगद छुट, १ वर्षको निःशुल्क बीमा, सजिलो फाइनान्स सुविधा, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, थप बोनस र उपहार प्याक लगायतका लाभ पाउने छन् ।


Back_to_top