रेनोको लक्ष्यः चिनियाँ कम्पनीसँग सहकार्य, युरोपमै ईभी बिक्री गर्ने

काठमाडौं । रेनोले विद्युतीय साधनको लागि नयाँ रणनीति बनाएको छ । फ्रेन्च कार निर्माताले ईभीको बढ्दो बजार चीनमा धेरै कार बिक्री गर्नेभन्दा चीनबाट ईभीको लागि चाहिने कम्पोनेन्टको सप्लाई चेन तयार पार्ने जनाएको हो ।

रेनोका सीईओको रुपमा फ्रान्कोइस प्रोभेस्टले सन् २०२५ जुलाईमा कार्यभार सम्हालेसँगै आफ्नो रणनीतिमा नै परिवर्तन गर्न लागेका हुन् । सीईओ भएपछि पहिलो पटक चीन भ्रमणमा गएका फ्रान्कोइसले आफुहरु चीनमा ईभी निर्माणको लागि आवश्यक आपूर्ति श्रृखला निर्माणमा केन्द्रित हुने जनाएका हुन् ।

यसअघि रेनोको लागि एशिया प्रशान्त क्षेत्रका चीफ अप्रेटिङ अफिसर्सको रुपमा पनि काम गरेका फ्रान्कोइसले ईभीमा चीनको क्षमता बारे आफु जानकार रहेको बताएका छन् ।

‘चीनमा ईभी बेच्नुको मतलव नै छैन । हरेक ब्राण्ड प्राइसवारमा छन् । यसले दिर्घकालमा कम्पनीहरु टिक्ने छैनन् । त्यसैले रेनो प्राइसवारमा सहभागि भएर चीनमा ईभी बिक्री गर्ने लक्ष्य राख्दैन’, सीईओ फ्रान्कोइसले भने ।

नयाँ राणनीति बारे साझा गर्दै सीईओ फ्रान्कोइस भन्छन्, ‘चीन बाहिर पनि चिनियाँ ब्राण्डहरु प्रतिसपर्धाको लागि तयार भएका छन् । त्यहाँ भने चिनियाँ कारसँग हामी तयार हुनुपर्छ ।’

रेनोले जिलीको ‘सीएमए’ प्लेटफर्ममा आधारित मोडलहरु उत्पादन गर्ने लक्ष्य राखेको छ । उक्त प्लेटफर्ममा उत्पादन हुने कारहरु युरोपियन बजारमा बिक्री गर्ने उसको पहिलो लक्ष्य हो ।


Back_to_top