सुजुकीले बेच्ने चल्तीका ३ कारको आयात कमजोर बन्दै

काठमाडौं । कुनै समयका चर्चित अल्टो, सेलेरियोदेखि वागेनआरसम्मका मोडल अहिले निकै कमजोर भइसकेका छन् । सिजी मोटोकर्पले नेपालमा बिक्री गर्दै आएका यी ह्याचव्याक कारलाई साना बिद्युतीय कारले रिप्लेस गरेको हो ।

अल्टो के-१० नामबाट नेपाली बजारमा बिक्री बितरण हुँदै आएको सुजुकीको इन्ट्री लेभल ह्याचब्याक सन् २०२५ को एक वर्ष अवधिमा १०० युनिट आयात भएको देखिन्छ । मूल्यको हिसावले २८ लाख ४९ हजार सुरुवाती मूल्य रहेको अल्टो के–१० बिभिन्न तीन भेरियन्टमा खरिद गर्न पाइन्छ ।

कम्पनीले अल्टो के १० को बिभिन्न ५ भेरियन्ट नेपालमा बिक्री गर्दै आएको छ । यसको टप भेरियन्ट किन्न ३४ लाख ४९ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

सीजी मोटोकर्पको सर्वाधिक सफल मध्यको एक ह्यामली ह्याचव्याक कार सेलेरियोको पनि अवस्था उस्तैछ । कम्पनीले सेलेरियो पनि एक वर्षभरीमा ११२ युनिट आयात गरेको देखिन्छ । जुन औषत मासिक १० युनिटभन्दा पनि कम हो ।

सीजीले सेलेरियो ह्याचव्याकलाई बिभिन्न ७ भेरियन्टमा उपलब्ध गराएको छ । जसको मूल्य भेरियन्ट अनुसार ३० लाख ९९ हजारदेखि ४० लाख ९९ हजार रुपैयाँसम्म कायम गरेर बिक्री गर्दै आएको छ ।

टल ह्याचको नामले परिचित वागेन आर सन् २०२५ मा केबल ४३ युनिट आयात भएको छ । जुन विगत तीन वर्षको तुलनामा ९० प्रतिशतले कम हो ।

सुजुकी वागेन आर मोडल पनि नेपाली बजारमा बिभिन्न ५ भेरियन्टमा खरिद गर्न सकिन्छ । यसको मूल्य ३२ लाख ५९ हजारदेखि ३६ लाख २९ हजारसम्म तोकेर बिक्री हुँदै आएको छ ।

सीजी मोटोकर्पले सन् २०२५ मा आफ्ना कम मूल्यका ह्याचव्याक कार अल्टो, सेलेरियो र वागेन आर मिलाएर २५५ युनिट आयात गरेको छ ।


Back_to_top