रेनोले आरबीसी–एमपीभीलाई २०१९ को दोस्रो क्वाटरमा भारतीय बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ । मल्टी–पप्रोज भेहिकलको रुपमा बजारमा आउने यो नयाँ गाडीको सुरुवाति मूल्य ४ लाख ५० हजार भारतीय रुपैयाँ रहने अनुमान गरिएको छ ।
भी–सेप रेडिएटर ग्रिलमामा आउने यो एमपीभीमा कम्पनीले स्टाइलिस हेड–ल्याम्पको प्रयोग गरेको छ भने एलईडी टेल–ल्याम्प दिएको छ । कम्पनीले यो गाडीलाई ४ मिटरभन्दा केही छोटो साइजमा ल्याउनेछ ।
कम्पनीले यसमा निशानको एचआर–१२ डी १.२ लिटर नेचुरल्ली एस्पायर्ड इन्जिन दिएको छ । सम्भवत कम्पनीले यसमा टर्बोचाज्र्ड इन्जिन दिनेछ । साथै, फाइभ–स्पीड म्यानूअल र अटोमेटीक ट्रान्समिसन दिनेछ ।
सुरक्षाका लागि ड्राइभर–साइड एयरव्याग, सिट–बेल्ट रिमाइन्डर, एबीएस, ईबीडी, रियर पार्किङ्ग सेन्सरजस्ता फिचर दिइएको छ ।
नेपाली बजारमा पनि रेनोको उत्पादन विगत ३ वर्षदेखि बिक्री–वितरण हुँदैआएको छ । एड्भान्स अटोमोवाइलले नेपालमा बिक्री–वितरण गर्दैआएको रेनोको यो गाडी भारतमा सार्वजनिक भएको केही समयपछि नेपाली बजारमा पनि आउनेछ ।

