काठमाडौं । नेपालमा नयाँ रिडारा आरडी सिक्स इकोन अल ह्वील ड्राइभ इलेक्ट्रीक पिकअप सार्वजनिक भएको छ ।
नेपालका लागि रिडाराको आधिकारिक बिक्रेता सीजी मोटर्स सुरआती मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकेर नयाँ रिडारा अलह्वील ड्राइभ बिक्री सुरू गरेको हो।
कम्पनीले ‘प्योर इलेक्ट्रीक, प्योर क्यापाबिलिटी’को अवधारणामा आधारित यो मोडेललाई नेपालको सबैभन्दा शक्तिशाली र बहुउपयोगी इलेक्ट्रीक पिकअपको रूपमा प्रस्तुत गरेको छ ।
सीजीले नेपालमा २ वर्षअघि नाडा अटो शोमा रिडारा आरडी सिक्स प्रदर्शनी गरेको थियो । यस अवधिमा ब्राण्डले प्रदर्शन, विश्वसनीयता र ग्राहक स्वीकृतिमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।
रिडारा इकोन अल ह्वील ड्राइभ भेरियन्ट आएसँगै रिडाराले अझ उच्च अफरोड क्षमता, बढी पावर आउटपुट र नेपालका भौगोलिक आवश्यकतालाई लक्षित गर्दै थप बहुउपयोगी समाधान प्रस्तुत गरेको छ।
२२५ एमएम ग्राउण्ड क्लियरेन्स रहेको यो इलेक्ट्रीक पिकअप दुर्गम पहाडी, हिमाली, अफरोड सबै क्षेत्रका लागि उपयोगी छ ।
यसमा ४८५ न्युटन मिटर टर्क प्रदान गर्ने इलेक्ट्रीक मोटर छ । यसमा रहेको डुअल मोटर अल ह्वील ड्राइभ प्रणालीले दुवै एक्सलमा स्वतन्त्र मोटरमार्फत वास्तविक अफरोड क्षमता प्रदान गर्छ।
यसको १२३५ केजी पेलोड क्षमता छ । यसमा इको, नर्मल, स्पोर्ट र अफ रोड (स्नो, मड, स्याण्ड) जस्ता मल्टिपल ड्राइभ मोडहरू उपलब्ध छन् । यी सम्पूर्ण विशेषताहरूले आरडी सिक्स लाई नेपालका पिकअप तथा अन्य इलेक्ट्रिक प्रतिस्पर्धीहरूभन्दा अगाडि राख्दै बहुउपयोगिताको उत्कृष्ट संयोजनका रूपमा स्थापित गर्ने कम्पनीको भनाइ छ ।
रिडारा आरडी सिक्समा अत्याधुनिक ब्याट्री तथा सुरक्षा प्रणाली समावेश गरिएको छ । जसमा फाइभ स्टार प्रोटेक्सन आर्मोर सिस्टम, आइपी ६८ रेटेड ब्याट्री प्याक (पानी तथा धुलो प्रतिरोधी) र ६ वटा उन्नत ब्याट्री सुरक्षा व्यवस्थापन प्रणाली रहेका छन् ।
रिडारा आरडी सिक्स देशभरका सीजी मोटर्सका आधिकारिक शोरुमहरूमा टेस्ट ड्राइभका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

