काठमाडौं । किया मोटर्सले अन्तर्राष्ट्रिय बजारमा किया ईभी थ्री बजारमा ल्याएको छ । कम्पनीले इलेक्ट्रीक लाइनअपमा थपेको ईभी थ्री अमेरिकी बजारमा मूल्यको कारण चर्चा चुलिँदै गएको मोडल हो ।
किया ईभी थ्री कम्पनीको इलेक्ट्रीक लाइनअपकै सबैभन्दा ठूलो मोडल ईभी नाइनबाट प्रेरित रहेको छ । यसमा एलईडी प्रोजेक्टर हेडल्याम्प दिइएको छ । १७ इन्चको आल्मुनियम ह्वील, बाक्लो ह्वील आर्क, स्पोर्टी रियर डिजाइन र ड्युल टोन कलर अप्सनमा उपलब्ध भएको छ ।
इन्टेरियर पनि निकै मोर्डन देखिन्छ । १२.३ इन्चका दुई स्क्रीन जोडिएको छ । जसमा चालकलाई सूचना दिनेदेखि मनोरन्जको रूपमा प्रयोग गर्न सकिन्छ । ५ इन्चको क्लाइमेट कन्ट्रोलको लागि छुट्टै डिजिटल स्क्रीन दिइएको छ ।
ड्युल जोन क्लाइमेट कन्ट्रोल, ठूलो पानारोमिक सनरुफ, वायरलेस चार्जर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो उपलब्ध छ । ओभर दी एयर सफ्टेवयर अपडेट गर्न मिल्ने कियाको पछिल्लो कार फिचर लोडेड मोडल हो । यसको सिटहरू पनि निकै आरामदायी छन् ।

कियाले ईभी थ्रीलाई ४०० भोल्ट आर्किटेक्चरमा बनाएको हो । यसमा दुई ब्याट्री अप्सन उपलब्ध छ । सानो स्टायण्डर्ड ब्याट्री ५८.३ किलोवाट आवर र लङ रेन्जमा ८१.४ किलोवाट आवरको ब्याट्री छ । यी ब्याट्रीलाई १० देखि ८० प्रतिशत चार्ज गर्न केबल २९ मिनेट लाग्ने कम्पनीको दाबी छ ।
‘भेहिकल टु लोड’ सुविधा उपलब्ध किया ईभी थ्रीमा ‘भेहिकल टु होम’ सुविधा पनि उपलब्ध छ । यसमा १५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ ।

सुरक्षाको लागि आवश्यक सम्पूर्ण फिचर उपलब्ध ईभी थ्रीमा एडास लेभल टु पाउन सकिन्छ ।

