रोल्स रोयस र हुन्डाई मिलेर हवाईजहाजमा नयाँ खोज थाल्ने

काठमाडौं । जेट इन्जिन तथा लग्जरी कार निर्माणमा विश्व प्रसिद्ध वेलायती कम्पनी रोल्स रोयस र कोरियन अटोमोवाइल कम्पनी हुन्डाई मोटर्सले एयर मोविलीटी प्रोजेक्टका लागि संयुक्त रुपमा काम गर्ने भएका छन् । कम्पनीको मुख्य लक्ष्य हवाईजहाजको बजारमा नयाँ इलेक्ट्रीक तथा हाइड्रोजन टेक्नलोजीको विकास गर्नु हो ।

हुन्डाई र रोल्स रोयसले पाँचबुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । रोल्स रोयस लग्जरी कारका साथै एरो स्पेश र डिफेन्स इन्डष्ट्रिमा प्रयोग हुने इन्जिन निर्माण गर्ने विश्वको दोस्रो ठूलो कम्पनी हो । साथै, हुन्डाईले हाइड्रोजन फिउल सेल र ब्याट्री इलेक्ट्रीक भेहिकल निर्माणमा सफलता पाइरहेको छ ।

सम्झौंता अनुसार यो प्रोजेक्टमा हुन्डाईले रोल्स रोयसलाई हाइड्रोजन टेक्नलोजीमा सहयोग गर्नेछ । हुन्डाईको एड्भान्स एयर मोविलीटी डिभिजनको मद्दतले वेलायती कम्पनी रोल्सरोयसले नयाँ पावर र प्रोपल्सन सिस्टम विकास गर्ने अनुमान गरिएको छ । यी दुई कम्पनी बीच भएको सम्झौता अनुसार सन् २०२५ सम्ममा फिउल सेल इलेक्ट्रीक एयर क्राफ्ट देखाउने अनुमान गरिएको छ ।

रोल्स रोयसको अटोमोटीभ डिभिजनले आगामी वर्षमा पहिलो अल इलेक्ट्रीक मोडल लन्च गर्दैछ । सोही समयमा एयरक्राफ्ट डिभिजनले ३०० माइल प्रतिघण्टा उडान गर्ने फास्टेस्ट इलेक्ट्रीक हवाईजहाज निर्माणमा काम गरिरहेको छ ।


Back_to_top