मारुती सुजुकी ब्रेजाको मूल्य बढ्यो

काठमाडौं । सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले आफ्नो सर्वाधिक सफल सब फोर मिटर एसयूभी ब्रेजाको मूल्य ७५ हजार रुपैयाँसम्मले बढाएको छ । कम्पनीले ब्रेजाको जेडएक्सआई प्लस र जेडएक्सआई प्लस ड्यूल टोन भेरियन्टमा ७५ हजारले मूल्य बढाएको हो ।

कम्पनीले भिएक्सआई भेरियन्टमा भने ५० हजार रुपैयाँ मात्रे बढाएको छ । बढेसँगै ब्रेजा भिएक्सआईको नयाँ मूल्य ४३ लाख ९९ हजार, जेडएक्सआई प्लसको ४८ लाख ९९ हजार र जेडएक्सआई प्लस ड्यूल टोनको मूल्य ४९ लाख २९ हजार रुपैयाँ निर्धारण भएको छ ।

सन् २०२० मा पेट्रोल इन्जिनमा आएसँगै ब्रेजाले नेपालमा निकै राम्रो बजार पाउन सफल हुँदै आएको छ । निकै प्रतिस्पर्धी सेग्मेन्टमा ठूलो इनिजनको कारण ब्रेजा सफल मानिन्छ ।

ब्रेजामा १.५ लिटर क्षमताको इन्जिन रहेको छ । यसमा रहेको इन्जिनले १०३ पीएस पावर प्रदान गर्छ । बल्की डिजाइन, उच्च माइलेजको कारण पनि धेरैको रोजाईमा ब्रेजा पर्दै आएको हो ।

भारतमा नयाँ जेनेरेशन ब्रेजाको विक्री सुरु भइसकेको छ । नेपालमा पनि सिजी मोटोकर्पले नयाँ ब्रेजा ल्याउने तयारी सुरु गरिसकेको जनाएको छ । नयाँ ब्रेजाको मूल्य अहिलेको तुलनामा बढ्ने निश्चित छ ।


Back_to_top