बजाजले नेपालमै बनाउँछ ११ मोडलका १८ भेरियन्टमा मोटरसाइकल (नयाँ मूल्यसहित)

काठमाडौं । बजाजका मोटरसाइकल नेपालमा एसेम्बल सुरु भएको ५ वर्ष पुरा भइसकेको छ । सुरुमा १/२ मोडल मात्रै एसेम्बल हुँदै आएकोमा अहिले नेपालमा विक्री हुने सम्पूर्ण ११ मोडलका १८ भेरियन्ट नेपालमै एसेम्बल हुँदै आएका छन् ।

हुलास अटोक्राफ्टले बजाजका मोटरसाइकल नेपालमा एसेम्बल गर्दै आएको छ भने हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले यसको विक्री वितरणको काम गर्दै आएको छ । नेपालमा सर्वाधिक विक्री हुने मोटरसाइकल ब्राण्डले १०० सीसीदेखि ४०० सीसीसम्मका मोटरसाइकल नेपालमा एसेम्बल गर्दै आएको छ ।

बजाजले नेपालमा एसेम्बल गर्ने सबैभन्दा सस्तो मोडल प्लाटिना इएस हो । १०२ सीसी क्षमताको यो मोटरसाइकलको मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै बजाजले एसेम्बल गर्ने सबैभन्दा महंगो मोडल डोमिनार ४०० हो । यसमा ३७३ सीसी क्षमताको इन्जिन प्रयोग भएको छ । यसको मूल्य ६ लाख ५४ हजार ९०० रुपैयाँ रहेको छ ।

हंसराज हुलासचन्द एण्ड कम्पनीले साउन ९ गते सार्वजनिक गरेको नयाँ खुद्रा मूल्य यस प्रकार रहेको छ ।


Back_to_top