‘रेडी गो’मा २ लाख ५० हजार नगद छुट

काठमाडौं । डाट्सन गाडीको आधिकारीक विक्रेता पायोनियर मोटोकर्पले रेडी गोको खरिदमा २ लाख ५० हजार नगद छुट दिने स्कीम सार्वजनिक गरेको छ ।

कम्पनीले ‘मनसुन अफर’ नाम दिएर सार्वजनिक गरेको स्कीममा ग्राहकले सिधै नगद छुट पाउने छन् । डाट्सनले अहिले नेपाली बजारमा रेडी गोको दुई भेरियन्ट विक्री गर्दै आएको छ । कम्पनीले रेडी गोको म्यानुयल र एएमटी दुई भेरियन्ट विक्री गरिरहेको हो ।

पायोनियर मोटोकर्पले विक्री गर्ने रेडी गो सबैभन्दा कम मूल्यको ह्याचव्याक कार हो । यसको मूल्य २५ लाख ४९ हजार रुपैयाँ रहेको छ । रेडी गोको एएमटी मोडलको मूल्य २६ लाख ९९ हजार रुपैयाँ रहेको छ ।


Back_to_top