बाढीपीडितलाई केईद्धारा राहत सामग्री सहयोग

काठमाडौं । केई नेपालले भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री उपलब्ध गराएको छ ।

नेपालका लागि केईको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स र लक्ष्मी ई मोबिलिटीले संयुक्त रुपमा उक्त सहयोग गरेका हुन् ।

कम्पनीले बाढीबाट प्रभावितका लागि म्याट्रेस, डस्ना, ग्यास चुल्हो लगायत ३ ट्रक राहत सामाग्री प्रदान गरेको हो । कम्पनीले उक्त सामग्री आफैंले लोड गरेर प्रभावित क्षेत्रमा पुर्याइदिएको हो ।

भोटेकोशीमा आएको बाढी रसुवा, धादिङ, नुवाकोट, गोरखा र चितवनका हजारौं नागरिक घरबारविहीन भएका छन् । यस्तो आफूले उपलब्ध गराएको सामाग्रीले पीडितलाई थोरै भए पनि सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

कम्पनीले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वका काम जारी राख्ने प्रतिबद्धता जनाएको छ ।


Back_to_top