काठमाडौं । रोयल इनफिल्ड हिमालयनको र्याली एडिशन आउने भएको छ । मिड साइज मोटरसाइकल निर्माता कम्पनी रोयल इनफिल्डले इक्मा अटो शो २०२५ मा प्रदर्शन गर्ने भएको हो ।
कम्पनीले नोभेम्वर ४ देखि सुरू हुने इक्मा अटो शोमा हिमालयन ४५० को अपरोड भर्सन देखाउने तयारी थालेको हो ।
कम्पनीले हालै सार्वजनिक गरेको एक टिजरमा कम्पनीले तिब्बत बोर्डर क्षेत्र मानामा नजिकको खराब बाटोमा मोटरसाइकल परीक्षण गरिरहेको भिडियो सार्वजनिक गरेको छ ।
हिमालयन ४५० को रेगुरल मोडल अफरोडका लागि सक्षम भए पनि नयाँ आउने र्याली भर्सन अफरोडका फोकस मोडल हुनेछ । कम्पनीले नयाँ हिमालयनको बारेमा खासै जानकारी बाहिर भने ल्याएको छैन ।
अफरोड फोकस मोडल भएको कारण यसमा रेगुलर मोडलको तुलनामा लामो सस्पेन्सन हुनेछ । रेगुलर मोडल हिमालयनमा ४३ एमएम यूएसडी फर्क र लिकेंजटाइप मोनोशक सस्पेन्सन रहेको छ । यी दुवै सस्पेन्सनको २०० एमएम ट्राभल क्षमता छ । र्याली भर्सनमा केही लामो र एडजष्टेबल सस्पेन्सन हुने अनुमान गर्न सकिन्छ ।
यसमा मेकानिकल परिर्वतन भने हुने छैन् । यसमा ४५२ सीसी लिक्विड कुल्ड सिंगल सिलिण्डर इन्जिन छ । यसले ४० पीएस पावर तथा ४० एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । यसमा राइड वाइ वायर, स्लिपर एसिस्ट क्लच, वायर स्पोक ह्वील, नेभिगेसन जस्ता फिचर उपलब्ध छ ।
नयाँ आउने भर्सनमा पनि एसेसरिजको सुविधा उपलब्ध हुने अनुमान गर्न सकिन्छ । ४ नोभेम्बरदेखि सुरू हुने इक्मा अटो शोमा बीएमडब्लूले पनि ४५० सीसी एड्भेन्चर मोटरसाइकल सार्वजनिक गर्दैछ । यी दुई मोटरसाइकल बीच प्रतिस्पर्धा हुने देखिन्छ ।

