एबीएस र स्मार्ट कनेक्ट फिचरसहित नेपाल आउँदै आरटीआर १६० फोर भी, यस्तो छ मूल्य

काठमाडौं । टीभीएस अपाचे आरटीआर १६० फोर भीको नयाँ सस्करण नेपालमा बिक्री सुरु हुने भएको छ । जगदम्बा मोटर्सले टीभीएस आरटीआर १६० फोर भीलाई स्मार्ट कनेक्ट र एबीएस फिचरसहित बजारमा ल्याउन लागेको हो ।

टीभीएस आरटीआर १६० फोर भीको यो भेरियन्ट सबैभन्दा टप भेरियन्ट हुने छ । कम्पनीले अबको १० दिनभित्र यसको बिक्री सुरु गर्ने जानकारी दिएको छ ।

नयाँ कनेक्ट फिचर र सिंगल च्यानल एबीएस सहित आउने आरटीआर १६० फोर भीको मूल्य ३ लाख ५ हजार रुपैयाँ रहने अनुमान गरिएको छ ।

यसअघि अपाचे आरटीआर १६० फोर भीको सिंगल डिस्क र डबल डिस्क भर्सन मात्र बिक्री हुँदै आएको थियो । अहिले उपलब्ध डबल डिस्क भेरियन्टको मूल्य २ लाख ८९ हजार ९ सय रुपैयाँ रहेको छ भने, सिगंल डिस्क भर्सनको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ तोकिएको छ ।

अबको केही दिनमा नेपालभर रहेको टीभीएसको शोरुममा स्मार्ट कनेक्ट सहित एबीएस फिचर भएको मोटरसाइकल उपलब्ध हुने कम्पनी स्रोतले मेरोअटोलाई जानकारी दिएको छ ।

१६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ, उक्त इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ ।

पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ, जसले पावरफुल राइडिङको अनुभव प्रदान गर्नेछ । आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ०.६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ ।

कसरी गर्ने स्मार्ट कनेक्ट फिचरको प्रयोग

चालकले आफ्नो मोवाइलमा एप मार्फत मोटरसाइकलको कन्सोलसँग कनेक्ट गर्न सक्ने छन् । यसमा एलसीडी डिस्प्ले प्रयोग भएकाले मोवाइलमा हुने कल तथा एसएमएस गतिविधि यहाँ हेर्न सकिने छ । कन्सोलमा रहेको ओडो मिटरमा ट्रिप १ र ट्रिप २ मिटर मोड उपलब्ध रहने छ । त्यस्तै यसमा टाइम ल्याप मिटर पनि रहेको छ । यो विशेषत रेसिङ ट्रयाकमा प्रयोग हुने फिचर हो ।

साथै, चालकले यसमा टप स्पीड मोडको प्रयोगबाट आफ्नो उच्चगति रेकर्ड गर्न सक्ने छन् । चालकले कुनै पनि समय आफ्नो पहिलेको टप स्पीड रेकर्ड ब्रेक गरेको खण्डमा मोटरसाइकल रोकिदा उक्त टप स्पीड डिस्प्लेमा देखिने छ ।

यसका अलावा कम्पनीले यसमा ०–६० रेकर्ड इन्डिकेटर दिएको छ । उक्त इन्डिकेटरले ० देखि ६० को स्पीड कति समयमा पुग्यो भन्ने रेकर्ड गर्छ ।

त्यसैगरि नयाँ आरटीआर १६० फोर भीमा गियर इन्डिकेटर, लो फ्युल वार्निङ, क्लक, आरपीएम अर्लट, एबीएस इन्डिकेटर जस्ता फिचर रहेको छ ।

यसका अलावा यसमा लिन एंगल, ट्रिप मोड, सर्ट राइड मोड, टर्न वाइ टर्न नेभिगेशन, कल अर्लट मोड उपलब्ध रहेको छ । लिन एंगल फिचर मोटरसाइकल चलाउँदा कति डिग्रिमा मोटरसाइकल लिन भयो, कति आरपीएमा गियर चेन्ज भयो जस्ता रेकर्ड हेर्न सकिन्छ । बिशेषत यो फिचरले नयाँ राइडरलाई आफ्नो राइडिङ क्षमता विकास गर्न मद्धत गर्छ ।

यस्तै यसमा रहेको ट्रिप मोडले चालकले लामो यात्रा गर्दा पार गरेको दुरी, प्रयोग गरेको रुट लगायतका धेरै सूचना राख्न मद्धत गर्छ । यस्तै सर्ट राइड मोडमा एक पटक इग्निसन अफ गर्दासम्मको सूचना यसले राख्छ ।

त्यस्तै मोवाइल माफर्त टर्न वाइ टर्न नेभिगेशन प्रयोग गर्न सकिन्छ । स्मार्ट कनेक्ट मार्फत मोवाइलमा आएको म्यासेज तथा कल कन्सोलमा देख्न सकिन्छ ।

कम्पनीले यसमा ‘कि फिचर’को रुपमा क्रयास अर्लट फिचर दिएको छ । कुनै पनि अबस्थामा मोटरसाइकल दुर्घटनमा पर्दा उक्त फिचर मार्फत लोकेशनसहितको दुर्घटनाको सूचना अर्को राइडरलाई नोटिफिकेशन जान्छ ।

यसका साथै नजिकको अस्पतालको लोकेशन समेत यसमा देखिने छ । यो बिशेषत ग्रुपमा राइड गर्दा महत्वपुर्ण हुन्छ ।

यस्तै यो मोटरसाइकलको ह्यान्डलबार को वाँयातर्फको टर्न इन्डिकेटरसँगै नयाँ आइ साइन इन्डिकेटर दिइएको छ । यात्राको क्रममा बाटोमा फ्युल सकिएमा उक्त बटन दवाएर नजिक रहेको पेट्रोल पम्पको लोकेशन पाउन सकिन्छ ।


Back_to_top