होन्डाले ल्यायो क्लासिक मोटरसाइकल, रोयल इन्फिल्डसँग सिधा प्रतिस्पर्धा

होन्डाले आज एक कार्यक्रम आयोजना गर्दै भारतीय बजारमा क्लासिक डिजाइनमा होन्डा हाइनेस सीबी ३५० मोटरसाइकल सार्वजनिक गरेको छ ।

निकै आकर्षक डिजाइनमा आएको यो मोटरसाइकलले भारतमा नयाँ बजार लिने होन्डाले अनुमान गरेको छ । यसले बजारमा रोयल इन्फिल्ड क्लासिक ३५० र जावा ४२ जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

होन्डाले ल्याएको यो नयाँ मोटरसाइकलको उत्पादन भारतमा नै हुने छ । कम्पनीले भारतमा यसको मूल्य १ लाख ९० हजार भारतीय रुपैयाँ तोकेको छ ।

होन्डा सीबी ३५० मा गोलो हेडलाइट, सिंगल पोड इन्स्ट्रयुमेन्ट क्लस्टर, क्रोम फेन्डर्स र क्रोम फिनिस एक्जस्ट दिएको छ । कम्पनीले यसलाई दुई भेरियन्ट डीएलएक्स र डीएलएक्स प्रोमा उपलब्ध गराउने छ ।

डीएलएक्स प्रो भेरिएन्टमा ड्युअल टोन पेन्ट स्किम र होन्डा स्मार्टफोन भ्वाइस कन्ट्रोल सिस्टम, ड्युअल च्यानल एबीएस, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर उपलब्ध रहेको छ ।

हाइनेस सीबी ३५० मा ३४८.३६ सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले २०.८ बीएच पावर र ३० एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top