अशोक लेलैण्डका दोस्त मोडलका साना गाडीमा एनएमबि बैंकको सरल कर्जा

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिले बिक्री वितरण गर्दै आएको अशोक लेलैण्ड र एनएमबि बैंक बीच सम्झौँता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट चिफ बिजनेश अफिसर सुदेश उपाध्याय र आईएमई मोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले एनएमबि बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदान सम्बन्धि समझौँता पत्रमा हस्ताक्षर भएको हो । अब बैंकको नीति अनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका दोस्त मोडलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिना धितो कम्तिमा खरिद मूल्यको ६० (साठी) प्रतिशतसम्मको सहुलियत पूर्ण कर्जा उपलब्ध गराउने छ ।

यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियम भित्र रही कर्जा प्रवाह गर्ने जनाइएको छ ।

यस सम्झौँताले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताए । कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबीच संयुक्त रुममा ब्राण्ड सचेतनाको लागि विभिन्न कार्यक्रमहरुमा सहभागिता भई अघि बढ्ने कुरा सम्झौँतामा उल्लेख गरिएको छ । अशोक लेलैण्डका एलसीभी सेग्मेन्ट अन्तर्गत दोस्त मोडलका दूध, पानी, तरकारी, रेफ्रिजरेसन, फोहर तथा महिला संकलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान साथै अन्य व्यवसायीक प्रयोगमा आउने गाडीहरु रहेका छन् ।


Back_to_top