विश्वासै नलाग्ने ब्याजदरमा स्कोडा स्लाभिया (भिडियोसहित)

काठमाडौं । स्कोडाले नेपाल ल्याएको एजुकेटीभ सेडान कार स्लाभिया निकै आकर्षक डिजाइनमा तयार भएको छ । गाडीको आकर्षक डिजाइनसँगै कम्पनीले अविश्वनिय ब्याजदर ८.९९ प्रतिशतमा ५ वर्षसम्म ब्याजदर परिवर्तन नहुनेगरी कर्जा सेवा उपलब्ध गराएको हो ।

स्कोडा स्लाभिया निकै मोर्डन डिजाइनमा तयार भएको सेडान कार हो । स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु एक्सपान्जे प्रालिले यसलाई विभिन्न ५ भेरियन्टमा उपलब्ध गराएको छ ।

स्कोडा र्यापीडको आयात बन्द भएपछि नेपाल आएको नयाँ स्कोडा स्लाभिया म्यानुअल र अटोमेटीक गिरबक्समा उपलब्ध छ । फरक डिजाइन र प्रिमियम फिचरले दुई दशकदेखि नेपाललाई विश्वस्तरीय सेडान उपलब्ध गराउँदै आएको स्कोडाको विरासतलाई कायम गर्ने क्षमता राख्छ ।

नयाँ स्कोडा स्लाभियामा १.० लिटरको थ्री सिलिन्डर ६ स्पीड म्यानुअल र ६ स्पीड टर्क कन्भर्टर अटोमेटीक गियरबक्समा उपलब्ध छ । यसको टर्बो पेट्रोल इन्जिनले ११५ पीएस पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ ।

स्लाभिया सेग्मेन्टकै सबैभन्दा ठूलो सेडान हो । यसमा पाँच जना यात्रुले सहज यात्रा गर्न सक्छन् । साथै यसको ग्राउन्ड क्लेरेन्स पनि निकै धेरै १७९ एमएम छ ।

सुरक्षाको लागि स्लाभियामा ६ एयरब्याग, इलेक्ट्रीक स्टेबिलिटी कन्ट्रोल, इलेक्ट्रोनीक डिफेरेन्सियल सिस्टम, मल्टि कोलिजन ब्रेक, पार्किङ सेन्सर, अटोमेटिक ब्रेक डिस्क क्लिनिङ्ग फङ्शनसहित उपलब्ध छ ।

त्यसैगरी, रियर भ्यु क्यामेरा, टायर प्रेसर मनिटरिङ्ग, हिल होल्ड कन्ट्रोल, क्रुज कन्ट्रोल, अटो हेडल्याम्प र वाइपर जस्ता सुरक्षाका फिचर उपलब्ध छन् । उत्कृष्ट सुरक्षाका कारण स्लाभियाले ग्लोबल एनसीएपी रेटिङमा ५ स्टार हासिल गरेको छ ।

ड्यास बोर्डको बीचमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्लेसहितको १० इन्चको एड्भान्स टचस्क्रृन, ८ इन्चको डिजिटल ककपिट, रियर पेसेन्जरको लागि डुअल एसी भेन्ट, सी टाइप डुअल युएसबी पोर्ट पनि छ ।

कम्पनीले यसलाई ४९ लाख ९० हजारदेखि ७५ लाख ९० हजार रुपैयाँसम्म मूल्य तोकेर यसलाई बिक्री गर्दै आएको छ ।


Back_to_top