काठमाडौं । भारतीय इलेक्ट्रीक दुई पाङ्ग्रे साधन निर्माता एथरले नेपालमा आफ्नो बिक्री सुरु गर्ने भएको छ । कम्पनीको पहिलो इन्टरनेशल मार्केट भएकै कारण नेपालमा भन्दा धेरै समाचारहरु भारतमा बनेका छन् ।
स्टार्टअप कम्पनीको रुपमा सुरु भएको एथर इनर्जीका उत्पादन भारतमा निकै सफल छन् । विशेषत उच्चगतिमा दौडिन सक्ने र रेन्ज पनि राम्रो भएको कारण एथरलाई धेरैले मनपराएका हुन् ।
उसोत भारतमा नै दुई पाङ्ग्रे साधनको लागि फास्ट चार्जर निर्माणमा अग्रसरता देखाएको एथरले नेपाल प्रबेशसँगै यहाँ पनि फास्ट चार्जर निर्माण गर्ने बताएको छ । एथरका उत्पादन नेपाली बजारमा बैद्य इनर्जीले बिक्री वितरण गर्नेछ ।
बैद्यज् अर्गनाइजेशन अन्तर्गतको यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नेपालमा टोयोटा ब्राण्डका गाडी बिक्री गर्दै आएको छ । अब बैद्य इनर्जी मार्फत एथरका उत्पादन बिक्री गर्न लागेको हो ।
कम्पनीले गत सोमबार एक विज्ञेप्ती जारी गर्दै Ather 450X नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले 450X लाइ दुई ब्याट्री अप्सनमा ल्याउने जनाएको छ ।
यस्तोमा कम्पनीले ल्याउने नयाँ इलेक्ट्रीक स्कुटर 450Xमा रहेका ६ मुख्य कुरालाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

ब्याट्री साइज र रेन्ज
एथरले 450X मा २.९ र ३.७ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । दुई साइजमा ब्याट्री उपलब्ध भएपछि रेन्ज पनि फरक हुने नै भयो ।
यसले सिंगल चार्जमा १०८ देखि १४६ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ । यसमा रहेको ब्याट्रीलाई घरायसी विजुलीमा सामान्य चार्जरले चार्ज गर्दा फुल चार्ज हुन ५ घन्टा ४० मिनेट लाग्छ । यसको साथमा सहजै लिएर हिड्न मिल्ने ‘पोर्टेवल’ चार्जर आउँछ ।
सुरक्षा फिचर
पार्किङ एसिस्ट, हिल एसिस्ट, रिजेनेरेटीभ ब्रेकिङ सिस्टम, रिभर्स मोड जस्ता अत्याधुनिक फिचर भएको एथर ४५० एक्समा अगाडि २०० एमएमको डिस्क ब्रेक र पछाडि १९० एमएमको डिस्क ब्रेक दिएको छ ।
कम्पनीले यसमा सिबीएस ब्रेकिङ सिस्टमको प्रयोग गरेको छ । जुन भारतमा १२५ सीसी क्षमतासम्मका स्कुटर र मोटरसाइकलमा प्रयोग हुँदै आएको छ । यसमा दुबै ह्वील १२ इन्चको प्रयोग गरिएको छ ।

साइज
एथर ४५० एक्सको लम्बाई १८३७ एमएम, चौडाई ७३४ एमएम र उचाई १२५० एमएम रहेको छ । यसमा ७८० एमएमको सिट हाइट र १२९५ एमएमको ह्वील वेस दिइएको छ ।
यो स्कुटरको कर्ब वेट १११.६ केजी छ भने यसमा १५३ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।
चेसिस र सस्पेन्सन
एथरले ४५० एक्स मोडलमा प्रेसिजन मेसिन हाइब्रिड चेसिस दिएको छ । सस्पेन्सन भने अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोशक उपलब्ध छ ।
पावर र पर्फमेन्स
कम्पनीले यसलाई चार ड्राइभिङ मोडको साथ ल्याएको छ । जसमा ईको, स्मार्ट ईको, राइड र स्पोर्टस् मोड उपलब्ध छ ।
कम्पनीले यसमा ५.४ किलोवाट पीक पावर भएको मोटर दिएको छ । यसले अधिकतम ७.३४ पीएस पावर प्रदान गर्छ । यसको टर्क भने २२ न्यूटन मिटर रहेको छ । यसको टप स्पीड क्षमता ९० किलोमिटर प्रतिघन्टा रहेको छ ।

