काठमाडौं । साँग्रिला मोटर्सले लिप मोटर्सको आधिकार बिक्रेता पाएको छ । लिप मोटर्समा यूरोपियन स्टेलान्टीस प्रबेश गरेसँगै लिपको आधिकारीक बिक्रेता साँग्रिला मोटर्सले पाएको हो ।
नेपालमा स्टेलान्टीसको आधिकारीक बिक्रेता साँग्रिला मोटर्स र एमएडब्लू लाइफसँग थियो । साँग्रिलाले सिट्रोन र प्यूजो बिक्री गर्दै आएको थियो । एमएडब्लूले जीप बिक्री गर्दै आएको थियो । यी दुबै ब्राण्ड अन्तिम प्रतिस्पर्धामा थिए ।
साँग्रिलाले डिलर सिप बाजी मारेसँगै नयाँ मोडल नाडा अटो शोमा प्रदर्शन गर्ने तयारी गरेको छ । कम्पनीले सी–१० एसयूभी प्रदर्शनी गर्ने तयारी गरेको हो ।

