काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सहप्रायोजकमा ओमोडा एण्ड जेइको अनुबन्धित भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र सारडा ग्रुप आज (मंगलबार) हस्तारक्षर भएको हो ।
क्यानका सचिव पारस खड्का र सारडा ग्रुपका निर्देशक गौरव सारडाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले गाडी प्रदान गर्ने भएको हो ।
नेपाल प्रिमियर लिगको पहिलो संस्करणका खेलहरू मंसिर १५ देखि पुष ६ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले ओमोडा एन्ड जेक्को र एनपिएलबीचको यो सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासका लागि टेवा पु¥याउने विश्वास व्यक्त गरेका छ्न। उनले क्रिकेटको लागि लोकप्रियता तथा सफलता पाउँदै गरेको यो परिदृष्यमा खेल विकासका लक्ष्यहरू हासिल गर्न सहयोग पुर्याउने बताए।

