काठमाडौं । सेगवे नाइन वट इलेक्ट्रीक स्कुटरले नयाँ वर्ष अफर ल्याएको छ । सेगवे नाइन वट इलेक्ट्रीकका लागि नेपालको आधिकारिक विक्रेता आइ हवले नगद छुटसहितको नयाँ वर्ष स्कीम सार्वजनिक गरेको हो ।
कम्पनीले ल्याएको नयाँ वर्ष स्कीम अनुसार ग्राहकले २० हजार रुपैयाँसम्मको नगद छुटमा स्कुटर किन्न सक्नेछन् । साथै, ग्राहकले स्कुटर खरिदमा सेगवे ब्याग, स्कुटर कभर साथै १ वर्षको इन्स्योरेन्स निःशुल्क प्राप्त गर्नेछन् ।
कम्पनीको नयाँ वर्ष स्कीम अन्तर्गत सेगवे ई १०० एलमा नगद २० हजार, ई ११० एलमा १५ हजार, ए १२५ र एन १०० मा नगद १० हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् ।
यो योजना सेगवेको काठमाडौं, ललितपुर, पोखरा तथा हेटौंडामा रहेको शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ । आइ हव प्रालिले नेपाली बजारमा सेगवेका ४ मोडलका स्कुटर विक्री वितरण गर्दै आएको छ भने विक्री पछिको सेवा तथा पार्टस् उपलब्ध गराउँदै आएको छ ।
कम्पनीले हालैमात्र काठमाडौं उपत्यकालाई लक्षित गर्दै नेपालमै पहिलो पटक ब्याट्री स्वापको काम सुरू गरको छ ।
सेगवे सेल्फ ब्यालेन्सिङ दुईपांग्रे सवारी साधन उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको छ । कम्पनीका उत्पादनहरू अमेरिकी, यूरोपियनका साथै ८० भन्दा धेरै देशहरूमा विक्री वितरण हुँदै आएको छ ।
सन् २०२२ मा सेगवे नाइनवट नेपाली बजारमा भित्रिएको हो । यसलाई ‘बिजुली दाइ’का रूपमा परितिच लोकेश वलीले नेपाल भित्र्याएका हुन् । १ वर्षको समयमा सेगवेका स्कुटरहरू नेपाली सडकहरूमा बाक्लो उपस्थिति देख्न सकिन्छ ।

