फोर्स मोटर्सकाे १० सिटे नयाँ एमयूभी सार्वजनिक

काठमाडौं । कमर्सियल भेहिकल उत्पादक कम्पनी फोर्स मोटर्सले १० सिट क्षमता भएको नयाँ एमयूभी (मल्टी यूटिलिटि भेहिकल) सार्वजनिक गरेको छ । कम्पनीले सुरुआती मूल्य १५ लाख ९३ लाख कायम गर्दै फोर्स सिटिलाइन एमयूभी सार्वजनिक गरेको हो ।

सिटिलाइनलाई क्रुजर र तुफान एमयूभीको रि-ब्रान्डेड भर्सन पनि भनिएको छ । यो एमयूभीमा १० सिट भए पनि १३ जना यात्रुले सहजै यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।

यसमा रहेको सिट सबै फ्रन्ट फेस छ भने सिट ले–आउट २ र ३ रोमा बनाइएको छ । यसले लामो दूरीको यात्रा वा पारिवारिक यात्रा गर्दा थप रोचक अनुभव दिने कम्पनीले बताएको छ ।

हाल सिटिलाइनको यो एमयूभी सिङ्गल भेरिएन्टमा मात्र उपलब्ध रहेको छ । यसमा दिइएका फिचर्सहरू क्रुजर एमयूभीको समान हुने बताइएको छ ।

यसमा फोर पावर विन्डो, पावर स्टेरिङ ह्वील, फराकिलो ड्यासबोर्ड, बकेट सिट, डुअल एसी सिस्टम, आकर्षक सेन्टर कन्सोल, पछाडि बस्ने यात्रुका लागि छुट्टै एसी फङसन दिइएको छ । यसमा सुरक्षा फिचरको रूपमा ईबीडी, एबीएस लगायतका फिचर्स पाउन सकिन्छ ।

सिटिलाइनमा मर्सिडिज बेन्जमा प्रयोग भएको २.६ सीआर टर्बो डिजेल इन्जिन दिइएको छ । यो इन्जिनले ९१ ब्रेक हर्सपावर र २५० एनएम टर्क उत्पादन गर्छ । यसलाई फाइभ स्पीड गियरबक्ससँग जडान गरिएको छ ।


Back_to_top