सुजुकी क्रसओभर फ्रोनक्स आगामी सातादेखि विक्री सुरू हुँदै

काठमाडौं । इन्डो–जापानिज अटोमेकर मारुती सुजुकीले उत्पादन गरेको नयाँ कम्प्याक्ट क्रसओभर मारुती फ्रोनक्सको आगामी सातादेखि विक्री वितरण सुरू हुने भएको छ । कम्पनीले भारतीय बजारमा आगामी सातादेखि मारुती फ्रोनक्सको विक्री सुरू गर्ने तयारी गरेको हो ।

बलेनो ह्याचब्याकमा आधारीत रहेर निर्माण गरिएको यो मोडलले सार्वजनिकपछि टाटा पन्च, हुन्डाईको आगामी माइक्रो एसयूभी देखि निसान म्यागाइट, रेनो काइगरसँग प्रतिस्पर्धा गर्नेछ।

यसमा १.० लिटर थ्री सिलिन्डर बुस्टरजेट पेट्रोल इन्जिन तथा १.२ लिटर के–सिरिज पेट्रोल इन्जिन दिइएको छ । यो इन्जिनले ९० ब्रेक हर्सपावर र ११३ एनएम टर्क उत्पादन गर्दछ । यसलाई फाइभ स्पीड म्यानुअल र अटोमेटिक म्यानुअल ट्रान्समिसनसँग जडान गरिएको छ ।

सार्वजनिक एक रिपोर्ट अनुसार, यो गाडीमा प्रयोग हुने १.२ लिटर पेट्रोल इन्जिनले म्यानुअल ट्रान्समिसनमा २१ किलोमिटर प्रतिलिटर र अटोमेटिक ट्रान्समिसनमा २३ किलोमिटर प्रतिलिटर फ्युल इफिसिएन्सी प्रदान गर्छ ।

त्यस्तै, १.० लिटर भेरिएन्टले भने म्यानुअल ट्रान्समिसनमा २१ किलोमिटर प्रतिलिटर र अटोमेटिक ट्रान्समिसनमा २० किलोमिटर प्रतिलिटर फ्युल इफिसिएन्सी प्रदान गर्दछ ।

यो क्रसओभर कार सिग्मा, डेल्टा, डेल्टा प्लस, जिटा र अल्फा ट्रिम्स भेरिएन्टमा उपलब्ध हुनेछन् ।

यसमा १.२ लिटर नेचुरल्ली एस्पिरेटेड इन्जिन सिग्मा, डेल्टा र डेल्टा प्लस भेरिएन्टमा स्ट्याण्डर्ड म्यानुअल गियरबक्ससहित उपलब्ध हुनेछ। यसमा अटोमेटिक म्यनुअल ट्रान्समिसन भने डेल्टा र डेल्टा प्लस ट्रिमसँग मात्र हुन उपलब्ध हुनेछ ।

यसैबीच, १.० लिटर टर्बो इन्जिनमा डेल्टा प्लस, जिटा र अल्फामा स्ट्यान्डर्ड म्यानुअल ट्रान्समिसन सहित उपलब्ध गराइनेछ। जिटा र अल्फाले अटोमेटिक गियरबक्स अप्सनसहित उपलब्ध हुने बताइएको छ ।

स्ट्यान्डर्ड फिचरमा यो गाडीमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, की–लेस एन्ट्री एन्ड गो, फ्याब्रिक सिट अपहोल्स्ट्री, पावर्ड विन्डोज, स्टेयरिङका लागि टिल्ट एडजस्टमेन्ट, डुअल टोन इन्टेरियर, हिल होल्ड असिस्ट, रिभर्स पार्किङ सेन्सर, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, रियर डिफोगर, ह्वील कभरसहितको स्टिल ह्वील र हलोजन प्रोजेक्टर हेडल्याम्प दिइएको छ ।

मारुति फ्रोनक्सको इन्टेरियरमा भने ३६० डिग्री क्यामेरा, क्रुज कन्ट्रोल, लेदर र्‍याप्ड स्टेयरिङ ह्वील, डुअल टोन एक्सटेरियर कलर र १६ इन्चको डायमण्ड कट एलोय ह्वील जस्ता सुविधाले सुसज्जित गरिएको छ ।

मारुती सुजुकीकाे याे नयाँ क्रसअेाभरमा ७.० इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, ओएटी, इलेक्ट्रीकली एडजस्टेबल विङ मिरर, भ्वाइस असिस्टेन्स, स्टेयरिङ माउन्टेड कन्ट्रोल, ६ स्पिकर साउन्ड सिस्टम, सुजुकी कनेक्टेड कार फिचर्स, रियर एसी भेन्ट्स पनि पाउन सकिन्छ ।

यसको मूल्य हाल सार्वजनिक भएको छैन । यद्यपि, यसको सुरुआती मूल्य भने बेस भेरिएन्टका लागि ८ लाख रुपैयाँ र टप इन्ड भेरिएन्टका लागि ११ लाख पर्ने अनुमान गरिएको छ ।


Back_to_top