काठमाडाैं । याडियाको सस्तो इलेक्ट्रीक स्कुटर नेपाल भित्र्याउने भएको छ । कम्पनीले २ लाख ३० हजार मूल्यको स्कुटर सार्वजनिक गर्ने तयारी गरेको हो ।
इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी कुजु नेपालले याडीया ई८ एसको बुकिङ खुल्ला गरेको हो ।
कम्पनीले ई८ एसको २ लाख ३० हजार मूल्य निर्धारण गरेर बुकिङ खुल्ला गरेको हो । कम्पनीका अनुसार याडिया ई८ एसले एक पटकको फुलचार्जमा १५० किलोमिटर रेन्ज दिन्छ ।
याडिया ई८ एसमा २८०० वाट म्याक्स पावरको मोटर जडान गरिएको छ । यो मोटरले अधिकतम १४० एनएम टर्क जेनेरेट गर्छ भने, यसको टप स्पीड ६० किलोमिटर प्रति घन्टा रहेको छ ।
यो स्कुटरमा ३८ एम्पीयर ७२ भोल्टको ग्राफिनी ब्याट्री दिइएको छ । यसलाई एकपटक फुलचार्ज गरेर १५० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।
याडिया ई८ एस डबल डिस्क ब्रेक, कलर एलइडी डिस्प्ले, रिजेनेरेशन सिस्टम, फास्ट चार्जिङ सर्पोट जस्ता फिचर उपलब्ध रहेको छ ।
याडियाको नेपालभर रहेको शोरुममा याडिया ई८ एस स्कुटर बुकिङ् गर्न सकिने कम्पनीले जनाएको छ ।

