सडकमा देखियो ७ सिटे सिट्रोन सीथ्री, यसै महिना डेब्यू गर्ने

काठमाडौं । ७ सिट क्षमताको सिट्रोन सीथ्री परीक्षणका क्रममा सडकमा देखिएको छ । यही अप्रिल २७ तारिखमा ग्लोबल डेब्यू गर्ने तयारीमा रहेको ७ सिटे सिट्रोन सीथ्री परीक्षणका क्रममा भारतीय सडकमा भेटिएको हो ।

यो सिथ्री यस अघिको ह्याचब्याक मोडलको तुलनामा साइजमा केही ठूलो रहने अनुमान गर्न सकिन्छ । सीथ्री ह्याचब्याक ३९८१ एमएम लामो रहेकोमा नयाँ एसयूभी भने ४२०० एमएम लामो हुने बताइएको छ ।

कम्पनीका अनुसार यसमा १०.२५ इन्चको ल्याण्डस्केप  टचस्क्रीन डिस्प्ले पाउन सकिन्छ । यसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितको कनेक्टिभिटी, म्यानुअल आइआरभीएम, इलेक्ट्रीकल्ली एडजस्टेबल  ओआरभीएम लगायत फिचर्स दिइएको छ ।यसमा की–लेस इन्ट्री, पुस बटन स्टार्ट, एसी भेन्ट्स जस्ता फिचर्स पनि पाउन सकिन्छ ।

सिट्रोन सीथ्री एसयूभीमा १.२ लिटरको थ्री सिलिन्डर इन्जिन दिइएको हुनेछ । यसमा टर्बो इन्जिन हुने सम्भावना बढी रहेको छ । यसको टर्बो इन्जिनले १०९ ब्रेकहर्स पावर र १९० एनएम टर्क उत्पादन गर्छ । यो इन्जिनसँग अटोमेटिक ट्रान्समिसन हुनेछ ।  

भारतीय बजारका लागि सिट्रोन सीथ्री एसयूभीको मूल्य भेरियन्ट अनुसार सुरूआती १० देखि १५ लाख रुपैयाँसम्म पर्ने सम्भावना छ ।


Back_to_top