काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी सेरेसले सिंघुआ विश्वविद्यालयसँग मिलेर ब्याट्री इनोभेसन सेन्टर बनाएको छ । विश्वविद्यालय र सेरेस मिलेर स्थापना भएको ‘सिंघुआ-सेरेस ब्याट्री इनोभेसन टेक्नोलोजी विकास केन्द्र’को शुभारम्भ भएको हो ।
उक्त इनोभेसन सेन्टरमा नयाँ जेनेरेसन ब्याट्री उत्पादनको लागि शैक्षिक अध्ययन, प्राविधिक विकास र सम्भावित उत्पादनमा काम गर्नैछ । यी दुवै सरकारी लगानीका संस्था बीचको सहकार्यले चीन सरकारको १५औं पंचवर्षिय योजना अनुसार चीनको ऊर्जा सुरक्षा र दिगो यातायातको लक्ष्य हासिल गर्न सहयोग गर्ने बताइएको छ ।
सेरेस समूहका अध्यक्ष झाङ सिङ्घाईका अनुसार नयाँ अध्ययन केन्द्रले ब्याट्री र सुरक्षा प्रविधि अनुसन्धानमा केन्द्रित रहेर ब्याट्री डिजाइन र उत्पादनमा हुनसक्ने नयाँ कुराको खोज हुनेछ ।
सन् १९९१ मा स्थापना भएको सिंघुआ विश्वविद्यालय चीनको अग्रणी अनुसन्धान विश्वविद्यालय मध्येको एक मानिन्छ । यसको इन्जिनियरिङ, प्रविधि र व्यवहारिक विज्ञान कार्यक्रमहरू निकै राम्रो मानिन्छ । सेरेस भने २०१६ मा स्थापना भएको अटोमोबाइल कम्पनी हो ।
विद्युतीय सवारी साधनको लागि अर्को पुस्ताको ब्याट्री अनुसन्धान गर्दा ऊर्जा घनत्व, चार्जिङ स्पीड, ब्याट्री लाइफ र थर्मल व्यवस्थापन सुधार मुख्य योजना हुने छन् ।

