काठमाडौं । मासिक २० हजार ४७० रुपैयाँ किस्ता तिर्दा पुग्ने कार किन्दा एक जोडीले विदेश भ्रमण गर्ने अवसर पाउने भएका छन् । टाटा मोटर्सको सर्वाधिक सफल ह्याचब्याक कार टियागो ईभीमा कम्पनीले उक्त अफर गरेको हो ।
टाटा मोटर्सको इलेक्ट्रीक सेग्मेन्टको इन्ट्री मोडल टियागो ईभीको सुरूवाती मूल्य २७ लाख ४९ हजार रुपैयाँ छ । उक्त कार किन्दा कम्पनीले अहिलेसम्मकै ठूलो स्कीम अफर गरेको जनाएको छ ।
टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘ग्रेटेस्ट अफर अफ अल टाइम’ स्लोगन सहित ल्याएको स्कीममा टियागो ईभी किन्ने जोडीलाई बाली भ्रमण वा आइफोन १७ प्रोम्याक्स वा नगद छुट मध्ये कुनै अफर छान्न दिइएको छ ।
‘हामीले ग्राहकलाई धेरै विकल्प दिएका छौं । बाली भ्रमण दुई जना वा एक जना जान पनि पाउँछन् । आइफोन लिन पनि सक्छन् । होइन म नगदै छुट लिन्छु भन्न पनि पाउँछन् । उपभोक्ताले जो खोज्छन् । हामी त्यही दिन्छौं’, सिप्रदी स्रोतले भन्यो ।
यसका अलावा कम्पनीले एक्सचेन्ज बोनस, गाडीको जीवनभर सिप्रदीको चार्जिङ नेटवर्कमा निःशुल्क चार्ज गर्ने सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एसोसरिज र होम चार्जर पनि दिनेछ ।

यस्तो छ टियागो ईभी
टाटा टियागो ईभीमा २४ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिइएको छ । यसलाई कम्पनीले लङ रेन्ज मोडल भन्छ । यसमा ४९ किलोवाटको मोटर छ । यसले सडक परीक्षणमा २०५ किलोमिटर रेन्ज दिएको छ ।
टियागो ईभीमा ४८ किलोवाटको फ्रन्ट ह्वील मोटर छ । यसले ११४ न्युटन मिटर टर्क दिन्छ । यसको लम्बाइ ३७८१ एमएम, चौडाइ १६७७ एमएम र उचाइ १५३६ एमएम छ । यसको ह्वीलबेस २४०० एमएम लामो छ भने ग्राउण्ड क्लियरेन्समा १७२ एमएम छ ।
यसमा सिटी र स्पोर्टस गरी दुई ड्राइभ मोड पाउन सकिन्छ । टियोगोमा ४ लेबलको रिजेनेरेसन ब्रेकिङ मोड छ । ह्याचव्याकमा ४५ थरी फिचर रहेको जी–कनेक्ट स्ट्याडर्ड फिचरको रूपमा रहेको छ ।

टाटाले आफ्नो फ्यामली ह्याचब्याक कारको क्याबिन प्रिमियम बनाउन कुनै कसर बाँकी राखेको छैन । ड्यासबोर्डमा १०.२५ इन्चको डिजिटल स्क्रीन, ७ इन्चको ड्राइभर इनफर्मेसन डिस्प्ले, प्रिमियम लाग्ने सिटहरूको प्रयोग गरेको छ ।
यसका अलवा टियागो ईभीमा रेन सेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, कुल्ड ग्लोभ बक्स, ४ वटा स्पीकर, ६ वे म्यानुअल ड्राइभर सिट, पोलिन फिल्टर, पुस बटम स्टार्ट जस्ता क्याबिन फिचर छन् । यसमा सीटी र स्पोर्टस् गरी दुई ड्राइभिङ मोड पाउन सकिन्छ ।
टियागो ईभीमा लेदरेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रीक ओआरभीएम, क्रुज कन्ट्रोल, कुल्ड ग्लोवबक्स, पुस बटम स्टार्ट स्टप जस्ता फिचर दिएको छ ।

