काठमाडौं । नेपाली अटोमोबाइल बजार प्रवेशसँगै सफलताको सिँढी चढेको मोडल हो दीपल एस-०५ क्रसओभर एसयूभी । नाडा अटो शो २०२५ बाट बजारमा आएको दीपल एस-०५ अहिलेसम्म ५०० युनिट हाराहारी आइसकेको छ ।
अटोबजारले लामो समयदेखि लक्जरी, स्टाइल र टेक्नोलोजीको सही समिश्रण भएको कार खोजिरहेको थियो । यी सबै कुरालाई ध्यानमा राखेर तयार भएको दीपल एस-०५ बजारमा आएकाले राम्रो बिक्री पाउन सफल भएको हो ।
बजारमा बिक्रीको लागि उपलब्ध भएदेखि नै एस-०५ किन्न चाहनेहरू थपिँदै गएका छन् । अहिले पनि निकै धेरै माग रहेको मोडलमा पर्ने कम्पनीको दाबी छ । दीपलका गाडी एमएडब्लू वृद्धिले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।
नेपाली उपभोक्तालाई लक्जरी, स्टाइल र टेक्नोलोजीको सही मिश्रण प्रदान गर्दै आएको दीपल एस-०५ चर्चित सेलिब्रिटीदेखि प्रभावशाली व्यक्तिहरूको रोजाइमा पर्दैछ ।

सौन्दर्य विधामा संसारकै ठूलो अटोमोटिभ अवार्ड आईएफ इन्टरनेशनल डिजाइन अवार्ड २०२५ विजेता एस-०५ मा शार्क नोज फ्रन्टसहितको बोल्ड इन्टरस्टेलर डिजाइन पाउन सकिन्छ । विमानबाट प्रभावित हेडल्याम्प र सेग्मेन्ट फस्ट फ्रमेलेस डोर तथा फ्लस टाइप डोर ह्यान्डल उपलब्ध छ ।
एसयूभी सेग्मेन्टमै सबैभन्दा कम ०.२५८ सीडी ड्रयाग कोफिसेन्ट रहेको एस-०५ हेर्दा जति सुन्दर लाग्छ, यसको प्रदर्शनलाई पनि बेजोड छ ।
यसमा इन्डस्ट्री फर्स्ट क्विन कोपाइलट सिट, एम्बायन्ट सराउण्ड लाइटिङ र १२६० वाटको १४ स्पिकर स्काइ सराउण्ड साउण्ड सिस्टमले हरेक यात्रा रोमान्चक बनाउने छ ।

यसमा सेग्मेन्टमै पहिलो पटक अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, रिमोट इन एन्ड आउट पार्किंग फिचर, १९ सेफ्टी फिचरसहित एडास २.० र १६० लिटरको फ्रंक प्रयोग भएको छ ।
सीएटीएलले उत्पादन गरेको गोल्डेनशिल्ड ब्याट्री २.० प्रयोग भएको एस-०५ क्रसओभर एसयूभी ५००० चर्जिङ साइकल भएको मोडल हो । यो ब्याट्री मात्र १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुन्छ ।

