काठमाडौं । यामाहाले नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै ‘यामाहा ब्लू कोड’ नामक विशेष अफर ल्याएको छ ।
नेपालका लागि यामाहाको आधिकारिक वितरक कम्पनी एमएडब्लू राइडले ‘राइड द हाई टेक’ थिमसहित नयाँ वर्ष लक्षित योजना ल्याएको हो ।
यस योजनाले ग्राहकलाई आधुनिक प्रविधिसँगै आकर्षक अफर र पुरस्कारको अवसर दिने कम्पनीले जनाएको छ ।
अफर अन्तर्गत ग्राहकहरूले क्यूआर स्क्यान गरी रजिस्ट्रेसन गरेपछि विभिन्न किसिमका अफरमा सहभागी हुन सक्नेछन् । यो योजनामा एक्साइटमेन्ट, पर्फमेन्स र स्टाइल गरी तीन मुख्य क्याटेगोरीमा पुरस्कार व्यवस्था गरिएको छ ।
एक्साइटमेन्ट अफरअन्तर्गत ग्राहकहरूले घरबाटै सहभागितामा जनाएर १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् ।
त्यस्तै, पर्फमेन्स अफर अन्तर्गगत यामाहाका नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राकहले ५ लाख रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन् । स्टाइल क्याटेगोरीमार्फत हाईटेक ग्याजेटहरू जित्ने मौका पाइने छ ।
कम्पनीका अनुसार यो अभियानले ग्राहकलाई नयाँ प्रविधियुक्त राइडिङ अनुभवसँगै अतिरिक्त मूल्य प्रदान गर्ने लक्ष्य राखेको छ । साथै, स्पट एक्सचेन्ज, सजिलो फाइनान्स सुविधा, ३६ महिनासम्मको लोन अवधि र ५ वर्षसम्मको फ्री सर्भिस जस्ता थप सुविधाहरू पनि पाउने छन् ।
यसका अलावा कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गर्दै यामाहा चेकअप क्याम्प पनि सार्वजनिक गरेको छ । चैत २२ देखि २८ गतेसम्म संचालन हुने यस विशेष क्याम्पमार्फत कम्पनीले यामाहाको मोटरसाइकल तथा स्कुटर प्रयोगकर्तालाई विभिन्न आकर्षक सुविधाहरू उपलब्ध गराउने छ ।
क्याम्पमा ग्राहकहरूले निःशुल्क चेकअप सेवा, लेबर चार्जमा ५० प्रतिशतसम्म, ल्युबमा १५ प्रतिशत छुट र स्पेयर पाट्र्समा १० प्रतिशतसम्म छुट पाउने छन् ।
यी सुुविधा देशभर रहेका यामाहाको आधिकारिक शोरुमहरू र सर्भिस सेन्टरहरूबाट लिन सकिने कम्पनीले जनाएको छ ।

