एथर इलेक्ट्रीक स्कुटरलाई टक्कर दिने सिम्पल वान एस सार्वजनिक, रेन्ज १८१ किलोमिटर

काठमाडौं । भारतीय इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी सिम्पल वानको नयाँ स्कुटर सार्वजनिक भएको छ । झट्ट हेर्दा एथर इलेक्ट्रीक स्कुटरकै झल्को दिने सिम्पल वान एस भारतमा सार्वजनिक भएको हो ।

कम्पनीले सिम्पल वान एसको मूल्य ९एक्स शोरुम० १ लाख ३९ हजार ९०० भारतीय रुपैयाँ तोकेको छ । सिम्पल वान एसले १८१ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

यो स्कुटरमा ८।५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यो स्कुटरले ०-४० को स्पीड मात्र २.५५ सेकेण्डमा पूरा गर्छ । यो स्कुटरको टप स्पीड १०५ किलोमिटर प्रतिघण्टाको छ ।

यो स्कुटरमा ३५ लिटर अन्डरसिट स्टोरेज, ब्लुटूथ कनेक्टिभिटी सहितको ७ इन्चको टचस्क्रीन, ५जी ई-सिम, वाइफाई, टर्न बाई टर्न नेभिगेसन जस्ता फिचर दिइएको छ । यो स्कुटरमा आइफोनमा जस्तै फाइन्ड माई भेहिकल फिचर दिइएको छ ।

सिम्पल वान एसमा ३.७ किलोवाट क्षमताको लिथियम आयोन ब्याट्री दिइएको छ । यसलाई एकपटक फुलचार्ज गरेर १८१ किलोमिटरसम्म चलाउन सकिन्छ ।

यो स्कुटरले एथर इलेक्ट्रीक स्कुटरसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top