यामाहा एफजेडएस हाइब्रिड मोटरसाइकल सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । यामाहाले आफ्नो एफजेड एस सेग्मेन्टमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले गत भारत मोबिलिटी एक्स्पो २०२५ मा प्रदर्शन गरेको एफजेड एस हाइब्रिड मोटरसाइकल सार्वजनकि गरेको हो ।

यामाहा इन्डियाले १ लाख ४५ हजार एक्ससोरुम मूल्य तोकेर यामाहा एफजेड एस हाइब्रिड सार्वजनिक गरेको हो ।

कम्पनीले हाइब्रिड एफजेड एसमा ब्लुटूथ कम्पेटिबल कलरफुल टीएफटी डिस्प्ले, आइएसजी हाइब्रिड टेक, स्टार्ट-स्टप टेक, साइलेन्ट स्टार्ट सिस्टम लगाएतका फिचरहरू थप गरेको छ । यसमा अपडेट भएको स्टाइलिस ट्याकंमा इन्टिग्रेटेड एलईडी इन्डिकेटर्स र नयाँ डिजाइन गरिएको पूरा एलईडी लाइट सेटअप पाउन सकिन्छ ।

यामाहा एफजेड एस हाइब्रिडमा १४९ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कुल्ड हाइब्रिड असिस्ट टेक्नोलोजीको इन्जिन रहेको छ । यस इन्जिनले अधिकतम १२.४ हर्सपावर तथा १३.३ एनएमको टर्क जेनेरेट गर्छ ।

नयाँ मोटरसाइकलमा रहेको टीएफटी डिस्प्लेको फङसनहरू कन्ट्रोल गर्नका लागि छुट्टै स्वीच दिइएको छ । एफजेड-एस एफआई हाइब्रिडमा ४.२ इन्चको कलर टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । यसमा वाई-कनेक्ट एप प्रयोग गरेर स्मार्टफोनमा कनेक्ट गर्न सकिन्छ भने, यसमा जीपीएस, टर्नवाइटर्न नेभिगेशन प्रयोग गर्न सकिन्छ ।


Back_to_top