कार सर्भिसमा नयाँ अफर: ‘डोर टु डोर’देखि टाइममा नबने मनिब्याकसम्म

काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गको स्थापना सन् १९८२ भएको थियो । भारतको स्थापित अटो निर्माण कम्पनी टाटा मोर्टस्को बिक्रेताको रुपमा स्थापना भएको सिप्रदीले नयाँ ब्रान्ड र मोडलका सवारीसाधनको बिक्री-वितरणमात्रै गर्दैन, सँगै ग्राहकलाई सन्तुष्ट बनाउन अत्याधुनिक सर्भिस सेन्टरमार्फत् उत्कृष्ट ‘आफ्टर सेल्स सर्भिस’को सुविधासमेत उपलब्ध गराउँदै आएको छ ।

अत्याधुनिक प्रविधि, दक्ष कामदार तथा अन्तर्राष्ट्रिय पद्धतिबाट उच्चकोटीको सुविधा दिइरहेको सिप्रदीले उपत्यकाभित्र तीन स्थानमा सर्भिस सेन्टर स्थापना गरेको छ ।

तुलनात्मकरुपमा सिप्रदीले सञ्चालनमा ल्याएका सर्भिस सेन्टर अन्य सर्भिस सेन्टरभन्दा फरक र विशेषढङ्गबाट सञ्चालन हुने गर्छन् । हाल काठमाडौँको बागडोल, बालकुमारी र सोल्टीमोडमा प्रविधियुक्त सर्भिस सेन्टर सञ्चालनमा रहेको कम्पनीले जनाएको छ । उपत्यका बाहिर पोखरा, इटहरी, वीरगञ्ज, धनगढी, मेचीनगरलगायतका मुख्य सहरलाई लक्षित गर्दै २० वटा सर्भिस सेन्टर खोलिएका छन् ।

त्यस्तै, धरान, विराटनगर, चितवन, बुटवललगायका आठ स्थानमा आधिकारिक सर्भिस सेन्टरमार्फत् सेवा-सुविधा दिईंदैआएको छ भने, सिप्रदीको सर्भिस सेन्टर नभएका स्थानमा ग्रामीण क्षेत्रमा सञ्चालित वर्कशपबाटै सुविधा दिने गरिएको छ । सिप्रदीले व्यापारिक प्रयोजनमा आउने भेहिकलको सर्भिसिङ्गका लागि ग्रामिण क्षेत्रको सर्भिस सेन्टरलाई ट्रेनिङ्ग दिने गरेको छ ।

२४ घन्टे सेवाअन्तर्गत काठमाडौँ उपत्यकाभित्र जुनसुकै स्थानमा गाडी बिग्रिए पनि टाटाका टेक्निसियन पुगी उक्त गाडीको परीक्षण तथा सर्भिसिङ्ग गर्ने गर्छन् ।

सिप्रदीका सर्भिस सेन्टरका म्यानेजर अभिसेक केसी २०१८ मार्चबाट बागडोलमा सञ्चालन भैरहेको सर्भिस सेन्टरले दैनिक २४ देखि अधिकतम् ५० वटासम्म गाडीको मर्मत गर्ने बताउँछन् । युटिलिटी भेहिकल, प्यासेञ्जर भेहिकलजस्ता सवारीसाधानको सङ्ख्या वृद्धि हुँदै गएकाले काठमाडौँकै चावहिलमा छिट्टै नै आधुनिक प्रविधियुक्त वर्कशप विस्तार गर्ने योजना रहेको उनले सुनाए छ ।

सर्भिस सेन्टरको २४ घन्टे सुविधा

सिप्रदीले समयानुकूल ग्राहकलाई सेवा दिने उद्देश्यसहित २४ सैँ घन्टे सुविधाको व्यवस्था गरेको छ । गाडीको समस्यालाई मध्यनजर गर्दै समयसिमा निर्धारण गर्ने गरिन्छ । सवारीसधानमा देखिएका समस्याबारे ग्राहकलाई प्रस्ट बुझाउने गरिन्छ ।

विशेषतः प्यासेञ्जर भेहिकलमा केन्द्रित सर्भिस सेन्टरबाट गाडीमा देखापरेका सबैखाले समस्या समाधान हुने गर्छन् । यहाँ सर्भिसिङ्गका लागि १२ वटा ‘वे’ राखिएको छ । प्रत्येक कक्षमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ । मेकानिकल टुल्स राखिएको छुट्टै कक्ष रहेको छ । न्यूमेटिक पाइपलाइन राखिएको कक्षबाट इञ्जिन तथा गियरबक्सको मर्मत गर्ने गरिन्छ ।

यो सफ्टवेयरमार्फत सर्भिसिङ्ग भैरहेको गाडीको अवस्थाबारे जानकारी पाउन सकिन्छ । कम्प्यूटराइजड पद्धतिबाट गाडीको टायर चेक–जाँच गर्ने सर्भिसलाई ह्वील अलाइनमेन्ट सर्भिसको नाम दिइएको छ । सिप्रदीले सर्भिसिङ्ग गर्दा वील अलाइग्मेन्ट मेसिनलाई फोर पोस्टमा नराखी पिटमा राख्ने गर्छ । पिटमा ह्वीलको अवस्था, लेभलबारे सहजै जानकारी लिन सकिने कम्पनीको दाबी छ ।

इभीएसडी (इलेक्ट्रोनिक भेहिकल स्टाटस डिस्प्ले) को सुविधामार्फत ग्राहकले कस्टुमर कक्षबाट आफ्नो गाडीको सर्भिसिङ्ग सहजै देख्नसक्छन ।

अत्याधुनिक ६ सुविधा 

सिप्रदीले ग्राहकलाई मध्यनजर गर्दै विभिन्न ६ वटा सर्भिस सेवा दिँदैआएको छ । म्यानेजर केसीकाअनुसार कम्पनीले नेपालमै पहिलोपटक भ्यालू याडेड सर्भिस, सञ्जीवनी सर्भिस, फास्ट ट्र्याकलगायतका विभिन्न सुविधा दिएको हो ।

ग्राहकको गाडी सर्भिस सेन्टरसम्म लैजान नसकेको खन्डमा वर्कशपका कर्मचारी स्वयम्ले गाडी लैजानुकासाथै ग्राहकले चाहेको स्थानमा पुर्याइदिने गरिन्छ ।

 भ्यालू याडेड् सर्भिसअन्र्तगत कम्पनीले ४८ घन्टे सुविधा दिँदैआएको छ । विशेष समस्या भएका गाडीलाई ४८ घन्टाको समयसिमाभित्र सर्भिसिङ्ग गरी ग्राहकलाई बुझाइन्छ । तोकिएको समयभित्र नसकिए ग्राहकलाई सो रकम फिर्ता गरिने कम्पनीको दाबी छ ।

फास्ट ट्र्याक सर्भिसमार्फत सामान्य समस्या भएका गाडीहरूलाई ९० मिनेटभित्रमा मर्मत गरी ग्राहकलाई हस्तान्तरण गर्ने गरिन्छ । सञ्जीवनी स्किम सिप्रदीको विशेष सुविधाअन्तर्गत पर्छ । खरिद गरिएका गाडीको वारेन्टी सकिएपछि सर्भिस सेन्टर स्वयम्ले वारेन्टी दिने व्यवस्था गरेको छ । विशेषतः गाडीको इञ्जिनको अवस्था तथा मूल्यलाई मध्यनजर गर्दै वारेन्टीको व्यवस्था गरिएको केसी बताउँछन् ।

सिप्रदीमा तीनजना ड्राइभरलाई पिकअप एन्ड ड्रप सर्भिसका लागि तयार राख्ने गरिन्छ । ग्राहकले गाडी सर्भिस सेन्टरसम्म लैजान नसकेको खन्डमा वर्कशपका कर्मचारी स्वयम्ले गाडी लैजानुकासाथै ग्राहकले चाहेको स्थानमा पुर्याइदिने गरिन्छ । त्यस्तै, ‘टोल फ्री’ सर्भिसमार्फत् २४ सैँ घन्टा ‘टोल फ्री नम्बर’ मा फोन गरी ग्राहकले सेवा लिन सक्छन् । गाडीमा कुनै समस्या आए ‘टोल फ्री नम्बर’मा फोन गरेमा वर्कसपका टेक्निसियन तुरुन्त उक्त स्थानमा पुगी सेवा दिनेछन् ।

ग्राहक लाउन्ज

सिप्रदीले प्रदान गर्ने फरक, आकर्षक र विशेष सुविधाअन्तर्गत ग्राहक लाउन्जलाई लिने गरिन्छ । जहाँ ग्राहकहरू आरामले बसेर आफ्नो गाडीमाको मर्मत भएको देख्न सक्नेछन् । आरामदायक कोठामा आनन्दकासाथ गाडीको अवस्था र समस्याबारे नियाल्न सक्नेछन् ।

दक्ष कामदार र प्रशिक्षण

सिप्रदीले ‘टाइम एन्ड कस्ट’ प्रणालीलाई अवलम्बन गर्दै कर्मचारी व्यवस्थापनलाई विशेष ध्यान दिएको छ । बागडोलको सर्भिस सेन्टरमा टे«निङ प्राप्त चारजना इञ्जिनियर र १३ जना कामदारले सर्भिस प्रदान गर्ने गर्छन् ।

विशेषतः बेसिक स्किल टेक्निसियन, इन्टरमिडियट स्किल टेक्निसियन र एड्भान्स स्किल टेक्निसियन गरी तीन तहमा कर्मचारीलाई विभाजन गरिएको छ । ‘टाइम र कस्ट’को पद्धतिअनुरुप महिनामा ८० प्रतिशत काम गर्न सक्ने गरी प्रशिक्षण दिइएको छ । नैकापस्थित सर्भिस ट्रेनिङ सेन्टरबाट कामदारलाई प्रशिक्षण दिई दक्ष बनाएरमात्र काममा लगाउने गरिन्छ । साथै, नयाँ प्रोजेक्टमा विद्यार्थीहरूलाई इन्टर्न गराउने व्यवस्था गरिएको छ ।

सर्भिस सेन्टरका कर्मचारीहरूले गाडीको समस्यालाई पहिचान गरी उनीहरूले बुझ्ने भाषामा बुझाउने गर्छन् । टेक्निसियन युटिलाइजेसन पोर्टलमार्फत् कामदारलाई निश्चित समयसिमा तोकिन्छ । यो वर्कसपमा मेकानिकल, इलेक्ट्रीकल सबै कार्य गर्न सक्ने क्षमताका कर्मचारी रहेका छन् । ‘एस्टीमेटेड टाइम एन्ड कस्ट’ अन्तर्गत कामदारले गरेको कामलाई कि पोइन्ट इन्डिकेटरमार्फत् जाँच गर्ने गरिन्छ ।

दक्ष कामदारलाई दिइएको प्रशिक्षणअनुरुप ‘भीबीडी’ अर्थात् ‘भेहिकल पर-बे-पर-डे’को पद्धति अपनाइएको छ । कामदारलाई ‘बे’मा राखिएको गाडीको अवस्थाअनुसार मर्मत गर्ने समयसिमा निर्धारण गरिन्छ । सामान्य समस्या भएका गाडीलाई न्यूनतम समय दिइन्छ । कामदारले आफ्नो नाम, काम गरिरहेको गाडी र अवस्थाबारे स्टाटसमा उल्लेख गर्छ । सोही, समयसिमाभित्र काम सम्पन्न गरी सफ्वेटर जडित स्टाटसमा उल्लेख गर्ने गरिन्छ ।

‘डोर–टु–डोर’ सर्भिस

‘डोर–टु–डोर’ क्याम्पेनमार्फत् सर्भिस भ्यानबाट कर्मचारीहरू ग्राहकको घर पुग्ने गर्छन् । गाडीको अवस्थाबारे चेक-जाँच गरी सर्भिसिङ्गबारे जानकारी दिने गर्छन् । सिप्रदी ट्रेडिङले नेपालमा पहिलोपटक ‘डोर-टु-डोर’ सर्भिसको व्यवस्था गरेको हो । यस सेवामार्फत् सर्भिस भ्यान लिएर ग्राहकहरूको घरमै गएर गाडीको ‘हेल्थ चेक’ गर्ने गरिन्छ । ग्राहकले फोन गरेमा वा यो सेवा बुक गरेको खण्डमा सर्भिसिङ्ग टोली तयारी हुने गर्छ । यो निःशुल्क प्रदान गर्ने सर्भिस हो ।

गाडीलाई चेक-जाँचपश्चात् ल्यापटपमा डाइग्नोसिस गरिन्छ । ‘डोर-टु-डोर’ सर्भिसअन्तर्गत यदि गाडी सर्भिस सेन्टरमा नै लैजानुपर्ने अवस्था भएमा सर्भिसपछिको चार्जमा १० प्रतिशत छुट दिने गरिएको म्यानेजर केसी बताउँछन् ।


Back_to_top