मारुती सुजुकीले आफ्नो प्रिमियम ह्याचब्याक स्विफ्टको टप भेरियन्टमा अटोमेटिक गियर सिस्टम दिएको छ ।
यसअघि स्विफ्टमा अटोमेटिक गियर उपलब्ध थिएनन् । कम्पनीले यस अटोमेटिक स्विफ्टको अधिकतम एक्स शोरुम मूल्य ८ लाख ७६ हजार भारतीय रुपैयाँ तोकेको छ ।
अटोमेटिक गियर सिस्टमको साथ आएको टप एन्ट पेट्रोल भेरिएन्टको मूल्य भने ७ लाख ७६ हजार भारतीय रुपैयाँ राखिने जनाएको छ । त्यस्तै टप एन्ड डीजल भेरिएन्टको मूल्य भने ८ लाख ७६ हजार भारतीय रुपैयाँ रहेको छ ।
मारुती सुजुकीले यसै वर्षको फेब्रुवरीमा नयाँ स्विफ्ट सार्वजनिक गरेको थियो । अहिले कम्पनीले स्विफ्टको भीएक्सआई, जेडएक्सआई, भीडीआई र जेडडीआई भेरियन्टसमा अटोमेटिक ट्रान्सिमिसन दिईएको छ ।
यो पनि पढ्नुस्: ३२ किलोमिटर माइलेज दिने सुजुकी स्विफ्ट, यस्ता छन् विशेषता
मारुती सुजुकी इन्डियाको मार्केटिङ एन्ड सेल्स विभागका सिनियर एक्ज्युकेटिभ डारेक्टर आरएस कलसीले जारी गरेको विज्ञप्तीका अनुसार उपभोक्ताले सर्वाधिक बिक्री हुने टप मोडलमा अटोमेटिक गियर सिस्टम जडान गर्न सुझाव दिएका थिए । त्यही सुझावलाई ध्यानमा राखि टप एन्ड भेरियन्ट जेडएक्सआई प्लस तथा जेडडीआई प्लस भेरीएन्टमा अटोमेटिक गियर सिस्टमको अफर दिईएको जनाएका छन् ।
यो पनि पढ्नुस्: भारतीय बजारमा धमाल मच्चाएको ‘थर्ड जेनरेसन स्विफ्ट’ नेपालमा, मूल्य कति ?
मारुती सुजुकीले स्विफ्टको पहिलो संस्करण २००५ मा उत्पादन गरेको थियो भने यसलाई २०१२ मा पुनः नयाँ जेनेरेशन सार्वजनिक गरेको थियो । नेपाली बजारमा समेत ६ हजारभन्दा बढी स्विफ्ट चलिरहेका छन् । सार्वजनिक भएदेखि अहिलेसम्म भारतीय बजारमा १९ लाख युनिट स्विफ्टको विक्री भैसकेको छ ।


