विना सर्टिफाइट हेल्मेट बेचे कारबाही

दुईपाङ्ग्रे सवारीसाधन चलाउँदा अनिवार्यरुपमा हेल्मेटको प्रयोग गर्ने गरिन्छ । सुरक्षा कवचको रुपमा लिइने हेल्मेटलाई नेपाल सरकारले अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको छ । तर, ग्राहकहरूले सुरक्षितभन्दा पनि सस्तो र कमसल हेल्मेट माग गर्ने हेल्मेट सञ्चालकहरूको बुझाई छ । 

सुरक्षाको हिसाबले डट सर्टिफाइट हेल्मेटलाई अन्तर्राष्ट्रिय मान्यता दिइएको छ । नेपालमा विशेषतः ग्राहकको मागअनुरुप भारत, चीन, जापान, कोरियालगायतका देशबाट हेल्मेट आयात गरिन्छ ।

यसैबीच, भारतको रोड ट्रान्सपोर्ट तथा हाई–वे मिनिस्ट्रीले विज्ञप्ति जारी गर्दै इन्डियन स्ट्यान्डर्ड इन्ष्टीच्यूट अर्थात् आईआएआई हेल्मेट बिक्री–वितरण नगर्ने कम्पनीलाई दुई लाख जरिवाना गर्ने घोषणा गरेको छ । 

यो पनि पढ्नुस्ः हेलमेट सुरक्षा मापदण्ड बन्दै, कस्ता हेलमेट सुरक्षीत

कम्पनीले बिना सर्टिफाइट हेल्मेट उत्पादन तथा बिक्री–वितरण गर्ने कम्पनीलाई जरिवानाकासाथै हिरासतमा लिने बताएको हो । भारतले जारी गरेको विज्ञप्तिअनुरुप अब भारतमा उत्पादन हुने र यातात गरिने सबै हेल्मेट अनिवार्यरुपमा सर्टिफाइट भएकै हुनुपर्नेछ । 

कस्तो छ नयाँ स्ट्यान्डर्ड ? 

स्ट्यान्डर्ड हेल्मेटको तौल १.२ किलोग्राम वा सोभन्दा कम हुनुपर्छ । हाल नेपाल तथा भारतीय बजारमा १.५ किलोग्रामसम्मका हेल्मेटको प्रयोग गर्ने गरिन्छ ।

अब, नेपालमा भारतबाट आयात गरिने अधिकांश हेल्मेट सुरक्षाको दृष्टिकोणले सर्टिफाइट हुनेछन् ।  

भारतमा बिक्री–वितरण हुने हेल्मेट बीआईएस टेस्ट भएकै हुनुपर्ने नियम बनाइएको छ । यसमा नयाँ इप्याक्ट एब्र्जवेशन टेस्टकासाथै इम्प्याक्ट प्वाइन्ट सामेल गरिएको छ । यसको अलावा टेस्टको क्रममा तापक्रम तथा नरमपनसमेत जाँच गरिन्छ । साथै, आकस्मिक दुर्घटनाको समयमा पुर्याउने सुरक्षालाई समेत मापन गर्ने गरिन्छ । 

यो पनि पढ्नुस्ः अब हेल्मेटमा पनि एयरव्याग !

टु–ह्वीलर हेल्मेट म्यानूफ्याक्चरर्स एशोसिएसनका प्रमुख राजीव कपुर नन्–आईएसआई हेल्मेटको प्रयोग, निर्यात तथा उत्पादनमा पूर्ण रोक लागेको बताउँछन् । 

भारतमा युरोपियन तथा अमेरिकन स्ट्यान्डर्डको आधारमा आयात हुने हेल्मेटसमेत आईएसआई स्ट्यान्डर्ड हुनुपर्ने उनले बताए । अब, नेपालमा भारतबाट आयात गरिने अधिकांश हेल्मेट सुरक्षाको दृष्टिकोणले सर्टिफाइट हुनेछन् । 

नेपालमा पनि हेल्मेटको स्टायडर्ड कायम हुनु पर्ने माग सरोकारवालाहरुले उठाउँदै आएका छन् । 


Back_to_top