फोर्ड मस्टाङ आइकनिक कारको रुपमा संसारभर चीर–परिचित रहेको छ । पप–संस्कृतिमा अनौपचारिकरुपमा ‘बुलिट गन ईन् ६० सेकेन्ड’जस्ता गतीको अबधारणामा उत्पादन गरिएको यो कारले नयाँ रेकर्ड बनाएको छ ।
उक्त अटोमेटिक आइकन फोर्ड मस्टाङ कार एक करोड युनिट बिक्री भएको छ, यसलाई कम्पनीले नयाँ माइलस्टोन भनेको छ । यसअघि अन्य कुनै पनि मसल्स कारहरूले एक करोड युनिट बिक्री गर्ने लक्ष्य पूरा गर्न सकेका छैनन् ।
एक करोड यूनिट कार उत्पादन र विक्री भइसकेपनि कम्पनीले यसलाई अझै आधिकारीकरुपमा सेलिब्रेसन भने गरेको छैन । अमेरिकी मिडिया रिपोर्टकाअनुसार, फोर्डले आधिकारीकरुपमा माइलस्टोन पार गरेको छिट्टै घोषणा गर्नेछ ।
मस्टाङ कारलाई युनिक कलरले सजाइएको छ भने यस कारमा चर्चित कोयोट पाँच लिटर भी–८ इञ्जिन दिइएको छ । यसमा लगाइएको इञ्जिनले ३९६ बीएचपी पावरकासाथै ५१५ एनएम टर्क उत्पादन गर्छ ।
नेपाली बजारमा २ वटा मस्टाङ कार आएको भएपनि अहिले एउटा कारमात्र नेपालमा रहेको छ । एउटा कारमा समस्या आएपछि कम्पनीले उक्त कार फिर्ता लगेको थियो । यसलाई नेपाली बजारमा १ करोड ६९ लाखमा बिक्री गरिएको थियो ।

