किया मोटर्स इन्डियाले अटो एक्स्पो–२०१८ मा कम्प्याक्ट एसयूभी ‘एसपी’ को अवधारणा सार्वजनिक गरेको थियो । कम्पनीले यही अवधारणामा रहेर निर्माण गरिरहेको कम्प्याक्ट एसयूभीको सफल परीक्षण गरिरहेको छ ।
दक्षिण कोरियाली कार निर्माताद्वारा निर्माण गरिएको एसयूभीको टेस्टसँगै कम्पनीले उक्त गाडीलाई केही महिनापछि सार्वजनिक गर्ने छ । उक्त एसयूभी हुन्डाई क्रेटाको आकार र प्ल्याटफर्ममा निर्माण भइरहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
स्पेक किया एसपी अवधारणामा मौजुद १.६ लिटर पेट्रोल र डिजेल इञ्जिनको सट्टा हुन्डाई क्रेटामा दिइएको स्टेबल इञ्जिन दिइएको अनुमान गरिएको छ । एसयूभीमा १.५ लिटर डिजेल इञ्जिन लगाइएको छ । यसले इम्प्रुभ पावर, इफिसेन्सी तथा दक्षता प्रदान गर्ने कम्पनीले जनाएको छ ।
साथै, उक्त अवधारणाअनुसार एसयूभीमा भारतीय प्रदुषण स्टायडर्ड–६ इञ्जिनको प्रयोग गर्ने कम्पनीले जनाएको छ । यसले ११४ बीएचपी पावरकासाथै २५० एनएम टर्क उत्पादन गर्छ । साथै, संसारभर प्रयोग हुँदैआएको १.० लिटर डाइरेक्ट इन्जेक्सन पेट्रोल इञ्जिनको समेत प्रयोग गरिने कम्पनीले जनाएको छ ।
भारतको आन्ध्र प्रदेशस्थित अनन्तपुरको अटो फ्याक्ट्रीबाट उक्त कन्सेप्टमा कारहरु निर्माण हुनेछन् । भारतबाट उत्पादीत कम्प्याक्ट एसयूभी, दक्षिण कोरिया र अन्य अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्ने जनाइएको छ ।

