१० लाख डाउन पेमेन्टमा स्कोडा कुशक, यस्तो छ मासिक किस्ता

काठमाडौं । नेपालको लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले आफ्नो नयाँ एसयूभी कुशक किन्न ग्राहकलाई १० लाख डाउन पेमेन्टमा गाडी दिने योजना अगाडि ल्याएको छ । कम्पनीले ल्याएको स्कीममा न्यूनतम ३० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ ।

अहिले स्कोडा कुशक तीन म्यानुयल र तीन अटोमेटीक भेरियन्टमा विक्री हुँदै आएको छ । कम्पनीले म्यानुयल एक्टीभ भेरियन्टको मूल्य ४९ लाख ९० हजार, एम्बीसन भेरियन्टको ५५ लाख ४० हजार र स्टाइल भेरियन्टको ६४ लाख ९० हजार तोकेर विक्री गर्दै आएको छ । साथै, अटोमेटीक भेरियन्ट एम्बीसनको मूल्य ६१ लाख ९० हजार, स्टाइल भेरियन्टको ६९ लाख ९० हजार र स्टाइल प्लस भेरियन्टको ७१ लाख ४० हजार निर्धारण गरेर विक्री गर्दै आएको छ ।

कम्पनीले १० लाख डाउन पेमेन्टमा स्कीम निकालेको भेरियन्ट म्यानुयल एक्टीभ भेरियन्टलाई आधार मानेर हो । एक्टीभ भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेकोले यसलाई किन्ने ग्राहकले ३० प्रतिशतले हुन आउने १४ लाख ९७ हजार रुपैयाँ डाउन पेमेन्ट वापत तिर्नु पर्छ । तर, कम्पनीले १० लाख लिएर बाँकी रकम पछि तिर्ने व्यवस्था मिलाएको जनाएको छ ।

एक्टीभ भेरियन्टको मासिक किस्ता थाहापाउन यहाँ क्लिक गर्नुहोस् ।

‘हामीले ग्राहकलाई सजिलो होस् भनेर थोरै रकम दुई महिना पछि तिर्दा हुने व्यवस्था गरेका छौं, यसले डाउन पेमेन्टको रकम नपुगेर गाडी किन्नबाट बन्चित बनेका ग्राहकलाई केही राहत हुन्छ’, एमएडब्लू स्कोडाका कार्यकारी निर्देशक रौनक अग्रवालले भने ।

स्कोडाले कुशक किन्ने ग्राहकलाई आफ्नो इन्भेष्टमेन्ट कम्पनी मार्फत ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ । उक्त कर्जा ७ वर्षको लागि दिइने कम्पनीले जनाएको छ भने कर्जामा अहिले १३.५ प्रतिशत व्याज लाग्ने छ ।

यसरी कुशकको एक्टीभ किन्ने ग्राहकले ३० प्रतिशत डाउन पेमेन्ट गरेपछि ३४ लाख ९३ हजार रुपैयाँ कर्जा लिनु पर्छ । उक्त कर्जा रकमलाई मासिक ६४ हजार ४९८ रुपैयाँका दरले मासिक रुपमा भुक्तानी गर्नुपर्छ ।

यस्तो छ कुशक

स्कोडा कुशक निकै आरामदायी र उत्कृष्ट डिजाइनमा तयार भएको एसयूभी हो । स्कोडाले भारतीय बजारलाई लक्षित गर्दै ल्याएको यो मोडल नेपालमा सफल भइसकेको छ ।

फ्लोटीङ इन्फोटेन्मेन्ट सिस्टम, टु-स्पोट मल्टिफंक्सन स्टेरिङ ह्वील, सुरुवाती भेरियन्टमा नभएपनि एम्बिसन भेरियन्टदेखि कुशकमा एम्बियन्ट लाइटिङ छ, जसले ड्यासबोर्ड र डोर हेन्डललाई उज्यालो बनाइदिन्छ । त्यसैगरी, यसको डोर हेन्डल, ह्यान्ड लकिङ बटन र एअर भेन्टहरु क्रोम-प्लेटेड छन् भने गियरस्टिक नबमा लेदर अपहोल्स्ट्रि प्रयोग गरिएको छ ।

३ सिलिन्डर भएको १.० लिटरको टिएसआईले ११५ पीएस पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स र न्यू जेनेरेशन ६ स्पीड अटोमेटिक गियरबक्स यसमा पाउन सकिन्छ ।

कुशक इलेक्ट्रोनीक स्ट्याबिलिटी कन्ट्रोल स्ट्यान्डार्ड भएको सेग्मेन्टकै पहिलो एसयूभी हो । साथै यसमा रोल ओभर मिटिगेसन र मल्टि कोलिजन ब्रेकिङ पनि रहेको छ । यसमा धेरै एक्टिभ र पेसिभ सेफ्टी फिचर छन् । साथै हिल होल्ड कन्ट्रोल र टायर मनिटरिङ सिस्टमले यात्रालाई आरामदायी बनाउँछ । ६ वटा एयर ब्याग र सबै पाँच सिटका लागि थ्रि प्वाइन्ट सिट बेल्ट र हाइट एड्जस्टेबल हेडरेस्ट पनि यसमा रहेको छ ।


Back_to_top