काठमाडौं । स्कोडाको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले स्कोडा कुशकको विभिन्न ५ भेरियन्टको मूल्य सार्वजनिक गरेको छ । केही दिनपछि नेपालमा विक्री सुरु गर्ने तयारी भइरहेको कुशकको मूल्य आफ्नो आधिकारीक फेसबुक पेजबाट मूल्य सार्वजनिक गरेको हो ।
अर्को हस्ताबाट नेपालमा विक्री सुरु गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । कम्पनीले एक्टिभ, एम्बिसन र स्टाइलका म्यानुयल र अटोमेटिक गरी ५ भेरियन्टमा उपलब्ध हुनेछ ।
स्कोडा कुशकको सुरुवाती भेरिएन्ट एक्टिभ म्यानुयल गियरबक्समा मात्रै उपलब्ध हुनेछ । उक्त भेरियन्टको मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकेको छ । साथै, एम्बिसनको म्यानुयल गियरबक्स भेरियन्टको मूल्य ५३ लाख ९० हजार र अटोमेटिक गियरबक्सको मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, टप भेरियन्ट स्टाइलको म्यानुयल गियरबक्सको मूल्य ६० लाख ९० हजार र अटोमेटिक गियरबक्सको मूल्य ६५ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

१.० लिटर टर्बो इन्जिनमा उपलब्ध हुने कुशकको सिधा प्रतिस्पर्धा किया सेल्टोस र हुन्डाई क्रेटासँग हुने अनुमान गरिएको छ ।

