होन्डाले कम मूल्यको एड्भेञ्चर मोटरसाइकल ल्याउने

काठमाडौं । जापानी मोटरसाइकल निर्माता कम्पनी होन्डाले भारतमा नयाँ एड्भेन्चर मोटरसाइकलको पेटेन्ट दर्ता गरेको छ । होन्डा हर्नेट २.० मा आधारित एड्भेन्चर मोटरसाइकल आउने भएसँगै यो होन्डाको सबैभन्दा कम मूल्यको एड्भेञ्चर मोटरसाइकल हुने अनुमान गरिएको छ ।

पछिल्लो समय एड्भेन्चर मोटरसाइकलको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले नयाँ मोटरसाइकल ल्याउने भएको हो । कम्पनीले दर्ता गरेको होन्डा एनएक्स-२०० इन्ट्री लेभल एड्भेन्चर मोटरसाइकल हुनेछ ।

होन्डा एनएक्स २०० एड्भेन्चरमा स्लीक हेडल्याम्प, वीन सिल्ड, फ्युल ट्याङक, हाफ फियरिङ, अपस्व्यप्ट एक्जष्ट, सिंगल पिस सिट जस्ता फिचर सीबी-५०० एक्सबाट लिइने छ ।

होन्डा एनएक्स २०० मा १८४.४ सीसी सिंगल सिलिन्डर इन्जिन रहने छ । हर्नेट २.० मा प्रयोग गरिएको यो इन्जिनले १ पीएस पावर तथा १६.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।

यसमा धेरैजसो कम्पोनेन्ट हर्नेट २.० बाट लिइने छ । डायमन्ड टाइप फ्रेम, फ्रन्ट यूएसडी, मोनोशक रियर सस्पेन्सन, ब्रेकिङ, सिंगल च्यानल एबीएस हर्नेट कै समान हुनेछन् ।


Back_to_top