स्काइवेलको ईभी किन्दा जोडीले युरोप घुम्न पाउने

काठमाडौं । स्काइवेलका विद्युतीय सवारी खरिद गर्दा युरोप भ्रमण गर्न पाइने भएको छ । नेपालका लागि स्काइवेलको आधिकारिक बिक्रेता जी मोटर्सले ‘स्काइवेल ड्राइभ-२०२५, नेपाल टु युरोप’ क्याम्पेनमा यस्तो अवसर पाइने भएको हो ।

कम्पनीका अनुसार यस क्याम्पेनमा सहभागी भई स्काइवेल विई ११ र स्काइवेल ईटी ५ खरिद गर्दा खरिदकर्ता जोडीले युरोप भ्रमणको अवसर पाउने छन् ।

त्यस्तै, सन् २०२५ मोडेलको जुनसुकै भेरियन्ट टेष्ट ड्राइभ गर्ने ग्राहक पनि यो योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।

यसका लागि ग्राहकले आफूले स्काइवेल टेष्ट ड्राइभ गर्दाको अनुभव कुनै पनि सोसल मिडियामा सेयर गरी ह्यासट्याग टेष्ट ड्राइभ स्काइवेल (#TestDriveSkywell), ह्यासट्याग स्काइवेल ड्राइभ नेपाल टु युरोप (#DriveSkywellNepalToEurope) लेख्नु पर्नेछ ।

यसरी टेष्ट ड्राइभमा सहभागी हुने ग्राहक मध्ये २ जना विजेताले (१ महिला र १ पुरुष टेष्ट ड्राइभ) समेत युरोप भ्रमणको अवसर पाउने छन् । साथै, युरोपमै स्काइवेल ड्राइभको मौका समेत पाउने छन् ।

स्काइवेल युरोपियन बजारमा लोकप्रिय ब्राण्ड हो । स्काइवेल चीनमा निर्मित ईभीमा ईयू सर्टिफिकेशन पाउने पहिलो प्रडक्ट समेत हो ।

युरोपेली सुरक्षा मापदण्ड अनुसार बनेको स्काइवेल विई ११ ले सीएनक्याप क्र्यास टेष्टमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ । यसले एकपटकमा ४१० किलिोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसको मूल्य ७९ लाख ९० हजार रुपैयाँ र ५२० किमी रेन्ज दिन विई ११  काे  मूल्य ८९ लाख ९० हजार रुपैयाँ छ ।

त्यस्तै, स्काइवेलको ईटी ५ लङ् रेन्ज भेरियन्ट हो । यसले एकपटको फुलचार्जमा ६२० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । यसको गाउण्ड क्लियरेन्स १९० एमएम रहेको छ । नेपाली बजारमा यसको बिक्री मूल्य १ करोड १५ लाख रुपैयाँ रहेको छ ।

नेपालमा स्काइवेलका गाडीहरू नक्साल, राधेराधे, विराटनगर, इँटहरी, चितवन र पोखराबाट बिक्री हुँदै आएका छन् भने भक्तपुरको राधेराधे र इँटहरीमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा छन् ।

 


Back_to_top