काठमाडौं । जापानी कार निर्माता टोयोटाले आफ्नो चर्चित मोडल ल्याण्ड क्रुजरलाई परम्परागत एसयूभी डिजाइनमा पनि ल्याउने भएको छ । अहिले विकासको चरणमा रहेको ल्याण्ड क्रुजर एसयूभी सहरी क्षेत्रको मोविलिटीमा आधारित रहेर बन्ने भएको हो ।
टोयोटाले ल्याण्ड क्रुजरलाई ल्याडर फ्रेम चेसिसमा उत्पादन गर्दै आएको थियो । तर, नयाँ परम्परागत डिजाइनमा आउने ल्याण्ड क्रुजर भने मोनोकोक चेसिसमा बन्नेछ । मोनोकोक चेसिस टोयोटाले ल्याण्ड क्रुजर फ्यामलीमा प्रयोग गर्न लागेको पहिलो पटक हो ।
टोयोटाले यसअघि देखाएको इपीयू र एसई नामक दुई अबधारणा अनुसार नै ल्याण्ड क्रुजरको नयाँ डिजाइन पनि आएको हो । उक्त अबधारणामा ब्याट्री इलेक्ट्रीक एसयूभी र पीकअप आउने छन् । टोयोटाले सन् २०२७ र २०२८ मा यी दुई अबधारणामा आधारित मोडल बजारमा ल्याउने छ ।
नयाँ एसयूभीमा रहने फिचर, इन्जिन लगायतका विषयमा कुनै आधिकारीक धारणा बाहिर नल्याएको टोयोटाले इलेक्ट्रीक मोडलको रुपमा ल्याउने सम्भावना धेरैछ । अल ह्वील ड्राइभ सिस्टममा आउने नयाँ मोडल पूर्णत सफ्टवयर डिफाइन भेहिकलको रुपमा आउने छ ।
टोयोटाले आफ्नो सबैभन्दा बलियो रहेको हाइब्रिड टेक्नोलोजी पनि नयाँ ल्याण्ड क्रुजरमा गर्ने अनुमान गर्न सकिन्छ । कम्पनीको नयाँ एसयूभी कस्तो आउँछ भन्ने थाहा पाउन भने अझै केही वर्ष कुर्नु पर्ने हुन्छ ।


