अब ड्राइभिङ लाइसेन्स कार्ड नचाहिने, जरिवाना तत्काल तिर्न पाइने

काठमाडौं । सरकारले ड्राइभिङ लाइसेन्स कार्ड बोक्नु नपर्ने बनाएको छ । अब नागरिक एपमा उपलब्ध कार्डलाई प्रयोग गरेर सवारीसाधन चलाउन सकिने भएको हो ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले समाजिक संजालमा ट्रायल पास गरेका ब्यक्तिको लाइसेन्स नागरिक एपमा उपलब्ध हुनेभन्दै कार्ड आवश्यक नपर्ने ब्यवस्था गरिएको जानकारी दिएका हुन् ।

नागरिक एपमा क्यूआर कोडसहितको कार्ड उपलब्ध हुने छ । यदि सवारी नियम उल्लंघन गरेको खण्डमा पनि नागरिक एपमा उपलब्ध कार्ड देखाउन सकिन्छ । साथै, चीट काट्नासाथ डिजिटल भुक्तानी गर्ने ब्यवस्था पनि उपलब्ध हुने जनाइएको छ ।

यातायात ब्यवस्था विभागले लामो समयदेखि कार्ड छाप्न नसक्दा लाखौं मानिसले लाइसेन्स कार्ड पाउन सकेका छैनन् । त्यसको समाधन गर्न भन्दै सरकारले डिजिटल माध्यमबाट गर्न खोजेको हो ।

जरिवानाको राजश्व तिर्न पनि निकै झन्झटिलो भएको भन्दै त्यसको अन्यको लागि भोलिदेखि बागमती प्रदेश यातायात ब्यवस्था कार्यालयबाट डिजिटल भुक्तानी सुविधा परिक्षण गर्न लागिएको हो ।


Back_to_top