बीएमडब्लूका सीईओ ओलिभर भन्छन्, ‘इयूले प्रतिबन्ध हटाउनु पर्छ’

काठमाडौं । बीएमडब्लू गु्रपका सीईओ ओलिभर जिप्सेले युरोपियन युनियनले सन् २०३५ बाट ग्यासोलिन इन्जिनमा लगाएको प्रतिबन्द खारेज गर्नु पर्ने बताएका छन् । फ्रान्समा चलिरहेको पेरिश अटो शोमा जर्मन अटोमेकरका प्रमुख ओलिभरले उक्त धारणा राखेका हुन् ।

ओलिभरको उक्त भनाइपछि इयूले गतवर्ष घोषणा गरेको ‘इमिसन कटिङ रेगुलेसन’का विरुद्ध भित्रभित्रै चलिरहेको विरोधलाई थप उर्जा दिएको मानिन्छ ।

गतवर्ष अप्रिलबाट इयूले लागू गरेको प्रत्येक नयाँ बिक्री हुने कारको ‘फ्लीट वाइड कार्वनडाइ अक्साइड इमिसन’को सिमा ९५ ग्राम प्रतिकिलोमिटरमा सिमित हुनु पर्ने छ । त्यस्तै, यो लिमिट भ्यानहरुमा १४७ ग्राम प्रतिकिलोमिटर रहेको छ । उक्त मापदण्ड एनइडीसीको परीक्षण प्रक्रिया अनुसार हो ।

इयूले सन् २०२५ देखि २०३० को लागि कार्बनडाइ अक्साइड इमिसनको सिमा नयाँ कारको लागि ९३.५ ग्राम र भ्यानका लागि १५३.९ ग्राम प्रतिकिलोमिटर तोकेको छ । उक्त सिमाको परीक्षण भने डब्लुएलटीपी मापदण्ड अनुसार हुनेछ । यो लिमिट सन् २०३० बाट नयाँ पुराना सबै कारमा र सन् २०३५ बाट भने जीरो इमिसन हुनु पर्नेछ ।

ओलिभरका अनुसार सन् २०३५ बाट जीरो इमिसन हुनु भनेको शतप्रतिशत ब्याट्री इलेक्ट्रीक भेहिकल हुनु हो । जसलाई युरोप हालको अवस्थामा अफोर्ड नै गर्न सक्दैन । त्यसको लागि पूर्ण रुपमा चिनीयाँ ब्याट्रीमा भरपर्नुको विकल्प छैन । यो इयूकै लागि हानीकारक हुनसक्छ ।

इयू रेगुलेसन डिजेल र पेट्रोल भेहिललाई प्रतिवन्ध गर्नुभन्दा पनि कार्बनडाइ अक्साइड वातावरणमा फैलाउन नदिने प्रणाली विकास गर्न जोड दिनु पर्ने उनको भनाइ छ । यसका लागि फ्यूलसेल, हाइब्रिड र इलेक्ट्रीक पावर कारलाई बढवा दिनु राम्रो हुनेछ । तर, यसका लागि अहिले ईभी चार्जिङ स्टेशनको पर्याप्तता र विस्तार भए जस्तो इफ्रास्ट्रक्चरको विकास हुनु पर्नेछ ।

युरोपियन बजारमा चालु वर्षको पहिलो ९ महिनामा गतवर्षको भन्दा ४ प्रतिशतले इलेक्ट्रीक र प्लगइन हाइब्रिड भेहिकलको बिक्री घटेको छ ।


Back_to_top