काठमाडौं । धादिङबेँसीमा एसएमएल इसुजुको निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ ।
एसएमएल इसुजुको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले ग्राहकको सुविधालाई मध्येनजर गर्दै उक्त क्याम्प आयोजना गरेको हो ।
२५ देखि २७ जनवरीसम्म सृष्टि मोटर्स प्रालिमा आयोजना गरिएको उक्त सर्भिस क्याम्पमा १७५ भन्दा बढी सवारीसाधनको सर्भिसिङ गरिएको थियो। क्याम्पले सो क्षेत्रमा ब्रान्डप्रतिको विश्वास र उपस्थितिलाई अझ मजबुत बनाएको कम्पनीले जनाएको छ।
क्याम्पमा निःशुल्क सर्भिसिङका साथै इन्जिनियर तथा मेकानिकहरूले ग्राहक सचेतना कार्यक्रम संचालन गर्दै सवारीसाधनको उचित मर्मत-सम्भार, महत्वपूर्ण पार्टपुर्जाको हेरचाह तथा सवारीसाधनलाई दीर्घकालीन रूपमा राम्रो अवस्थामा राख्ने उपायबारे जानकारी समेत प्रदान गरेका थिए।
एसएमएल इसुजु प्रयोगकर्ताको व्यवसायलाई सुरक्षित, भरपर्दो र निरन्तर अघि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। उत्कृष्ट बिक्री पछिको सेवा, ग्राहक सन्तुष्टि तथा दीर्घकालीन विश्वास निर्माणप्रति आफूहरू प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ।

