काठमाडौं । बजाजको नयाँ पल्सर २२० एफ बीएस ६ मोटरसाइकल मासिक ७ हजार ३०६ रुपैयाँ किस्तामै खरिद गर्न सकिने भएको छ ।
नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ २२० एफ बीएस ६ मोटरसाइकल फाइनान्स सिस्टममा किन्न चाहाने ग्राहकलाई यो सुविधा दिने भएको हो ।
कम्पनीले यहि हप्ताबाट नेपाली बजारमा बिक्री सुरु गरेको बजाजको नयाँ पल्सर २२० एफ मोटरसाइकल ५० प्रतिशत डाउन पेमेन्ट गरेर किन्न सकिन्छ । नेपालमा नयाँ २२० एफ बीएस ६ एफआई भेरियन्टको मूल्य ४ लाख ३९ हजार ९०० रुपैयाँ रहेको छ ।
कम्पनीले ल्याएको यो फाइनान्स सुविधामा ग्राहकले मोटरसाइकल किन्दा सुरुमा आधा रकम अर्थात २ लाख १९ हजार ९५० रुपैयाँ डाउन पेमेन्टका रुपमा तिर्नु पर्छ । यो बाहेक बाँकि रहेको आधा रकमका लागि कम्पनीले लोन सुविधा दिने भएको हो ।
लोन मार्फत तिर्नु पर्ने रकम २ लाख १९ हजार ९५० रुपैयाँमा भने कम्पनीले १२ प्रतिशत ब्याज जोड्नेछ । कम्पनीले लोन अवधि तीन बर्षका लागि दिने छ ।
बाँकि रहेको रकममा ब्याज जोडर तीन बर्षको अबधिमा लोन लिदा महिनाको किस्ता ७ हजार ३०६ रुपैयाँ पर्छ ।
बजाजका अधिकाम्स मोडलहरु फाइनान्स सुबिधामा किन्न पाइन्छ । त्यसैले नयाँ पल्सर २२० किन्न चाहने ग्राहकले पनि लोन सुविधा पाउने भएका हुन् ।
कम्पनीले ग्राहकलाई सहजता प्रदान गर्ने हिसाबले फाइनान्स गर्दा मोटरसाइकल खरिद गर्ने ब्यक्तिको नागरिकता र ड्राइभिङ लाइसेन्सकै भरमा लोन पास गरिदिने छ । यसमा ग्यारेन्टरको पनि आवस्यक पर्दैन ।
यस्तो छ नयाँ पल्सर २२० एफ मोटरसाइकल
कम्पनीले विभिन्न अपडेट गरेर बजारमा उतारेको यो मोटरसाइकलमा नयाँ एलईडी हेडलाइट दिइएको छ । यसमा साइड इण्डिकेटर्स पनि स्ट्याण्डर्ड एलईडीमै छ । नयाँ ग्राफिक्स डिजाइन र कलर अप्सन पनि थपिएको छ ।
बजाजले नयाँ २२० एफलाई पूरा डिजिटल कन्सोलमा अपडेट गरेको छ । यसमा ब्लूटुथ कनेक्टिभिटी सिस्टम, स्प्लीट डिजिटल एनालग मिटर, राइड कनेक्ट एप, टर्न बाई टर्न नेभिगेसन, कल एसेप्ट र रिजेक्ट, मिस कल, एसएमएस अलर्ट, समय र डीटीई रिडआउट र ट्रिप कम्प्युटर जस्ता डिजिटल सुविधा उपलब्ध छन् ।
यसका अलावा बीएस ६ इन्जिनमा आएको यो मोटरसाइकलमा २२० सीसीको एयर र आयल कुल्ड, ट्विन स्पार्क, एफआई डीटीएसआई इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम २०.४ पीएस पावर र १८.५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स उपलब्ध छ ।

